नेभिगेशन
समाज

हुम्ला सदरमुकाममै खानेपानीको हाहाकार

सिमकोट । दुई हप्ता यतादेखि हुम्लाको मुटु मानिने जिल्ला सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार चुलिदै गएको छ । 

हुमाने खोलामा पानी सुक्दै गएको कारण सदरमुकामबासीलाई खानेपानीको समस्या हुन पुगेको खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले बताए। हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामबासीका लागि खानेपानी जडान गरि ल्याएपनि मुख्य मुहानमै पानी कम भएपछि यसको समस्या थप चुलिदै गएको हो ।

हुमाने खोलामा दुई हप्ता यतादेखि पानी सुक्दै गएको छ । खोलामा थोरै आएको पानी पनि जमिन मुनि छिरेर जाने गरेको उनले बताए । हुमाने खोलाको पानी सुकेका कारण छाल्ता भन्ने स्थानमा आउने गरेको कमै पानी भएपनि पाइप जडान गरि ल्याउने गरिएको छ । त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्यांकी भरिन नसक्दा यहाँका सर्वसाधरणलाई पालो अनुसार खानेपानीका धारामा वितरण गर्नु परेको भनाई उनको छ ।

उनले भने, खोलामा पानी सुक्दै गएको छ । सदरमुकामका खानेपानीका ग्राहकले, हामीलाई पानी छोड्दैनन भनि गुनासो गरे । हामीले कहाँबाट पानी ल्याएर दिनु खोलाको पानी सुक्दै गएको छ । खोलामा पानी जमिन मुनि छिर्दै जानुका साथै खोला सुक्दै गएपछि सिमकोट गाउँपालिका शुक्रबार मात्रै पानी नचुहिनका लागि ग्रिन हाउसको प्लाष्टिक पाल दिएको लामाले बताए । गाउँपालिकाले दिएको पाल शनिबार पनि खोला र पाइप भएका स्थानमा पिछ्याउने कार्य भएको भइरहेको छ । सिमकोटमा पाँच सय २६ खानेपानीका ग्राहक रहेका छन् । उनीहरु सबैलाई विहान बेलुकाको समयमा टोल टोल गरी पालो अनुसार पानी छोड्ने गरेको लामाको भनाई छ । सिमकोटमा रहेका खानेपानीका रिर्जभ ट्यांकी यतिबेला खाली रहेका छन् । खानेपानी उपभोक्ता समितिले विगतदेखिनै सदरमुकामबासीलाई विहान बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको थियो ।

यतिबेला सरदुमकाम सिमकोटबासीले खानेपानी धारामा नआउँदा समस्या हुने गरेको गुनासो गर्ने गरेका छन् । सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रबासमा दुई महिनादेखि खानेपानीको आउन बन्द भएको छात्रबासका वार्डेन कमला लामाले बताउनुभयो । विहान बेलुका आउने पानी पछिललो समय बन्द हुँदा एक, दुईका घरमा आउने धारामा दुई, तीन घण्टा लाइन बसेर पानी थाप्नु परेको उनको भनाई छ । खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ,सूचना टोल लगायतका नागरीकले टाढा टाढा पुगेर पानी भरेर खानु पर्ने अवस्था आएको गुनासो छ । खाना खानको लागि खानेपानीको समस्या हुँदै आएपनि सरसफाईका लागि पनि थप समस्या हुँदै आएको सर्वसाधरणको गुनासो छ ।

केही दिन यतादेखि जिल्ला अस्पतालमा पनि खानेपानीको समस्या भएको अस्पतालका सिनियर अनमी सरीता बोहराले बताए । अस्पताल जस्तो क्षेत्रमा पनि पानीको समेत समस्या हुँदै आएको अनमी बोहराको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
भर्खरै