सिमकोट । दुई हप्ता यतादेखि हुम्लाको मुटु मानिने जिल्ला सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार चुलिदै गएको छ ।
हुमाने खोलामा पानी सुक्दै गएको कारण सदरमुकामबासीलाई खानेपानीको समस्या हुन पुगेको खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले बताए। हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामबासीका लागि खानेपानी जडान गरि ल्याएपनि मुख्य मुहानमै पानी कम भएपछि यसको समस्या थप चुलिदै गएको हो ।
हुमाने खोलामा दुई हप्ता यतादेखि पानी सुक्दै गएको छ । खोलामा थोरै आएको पानी पनि जमिन मुनि छिरेर जाने गरेको उनले बताए । हुमाने खोलाको पानी सुकेका कारण छाल्ता भन्ने स्थानमा आउने गरेको कमै पानी भएपनि पाइप जडान गरि ल्याउने गरिएको छ । त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्यांकी भरिन नसक्दा यहाँका सर्वसाधरणलाई पालो अनुसार खानेपानीका धारामा वितरण गर्नु परेको भनाई उनको छ ।
उनले भने, खोलामा पानी सुक्दै गएको छ । सदरमुकामका खानेपानीका ग्राहकले, हामीलाई पानी छोड्दैनन भनि गुनासो गरे । हामीले कहाँबाट पानी ल्याएर दिनु खोलाको पानी सुक्दै गएको छ । खोलामा पानी जमिन मुनि छिर्दै जानुका साथै खोला सुक्दै गएपछि सिमकोट गाउँपालिका शुक्रबार मात्रै पानी नचुहिनका लागि ग्रिन हाउसको प्लाष्टिक पाल दिएको लामाले बताए । गाउँपालिकाले दिएको पाल शनिबार पनि खोला र पाइप भएका स्थानमा पिछ्याउने कार्य भएको भइरहेको छ । सिमकोटमा पाँच सय २६ खानेपानीका ग्राहक रहेका छन् । उनीहरु सबैलाई विहान बेलुकाको समयमा टोल टोल गरी पालो अनुसार पानी छोड्ने गरेको लामाको भनाई छ । सिमकोटमा रहेका खानेपानीका रिर्जभ ट्यांकी यतिबेला खाली रहेका छन् । खानेपानी उपभोक्ता समितिले विगतदेखिनै सदरमुकामबासीलाई विहान बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको थियो ।
यतिबेला सरदुमकाम सिमकोटबासीले खानेपानी धारामा नआउँदा समस्या हुने गरेको गुनासो गर्ने गरेका छन् । सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रबासमा दुई महिनादेखि खानेपानीको आउन बन्द भएको छात्रबासका वार्डेन कमला लामाले बताउनुभयो । विहान बेलुका आउने पानी पछिललो समय बन्द हुँदा एक, दुईका घरमा आउने धारामा दुई, तीन घण्टा लाइन बसेर पानी थाप्नु परेको उनको भनाई छ । खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ,सूचना टोल लगायतका नागरीकले टाढा टाढा पुगेर पानी भरेर खानु पर्ने अवस्था आएको गुनासो छ । खाना खानको लागि खानेपानीको समस्या हुँदै आएपनि सरसफाईका लागि पनि थप समस्या हुँदै आएको सर्वसाधरणको गुनासो छ ।
केही दिन यतादेखि जिल्ला अस्पतालमा पनि खानेपानीको समस्या भएको अस्पतालका सिनियर अनमी सरीता बोहराले बताए । अस्पताल जस्तो क्षेत्रमा पनि पानीको समेत समस्या हुँदै आएको अनमी बोहराको भनाई छ ।