नेभिगेशन
समाज

निल हुनबाट जोगिए चार विद्यालय, उत्कृष्ट जिपिए ल्याउनेमा महतारा 

सिमकोट । हुम्लाका २७ वटा माध्यामिक विद्यालयबाट २०८१ सालको माध्यामिक शिक्षा परीक्षा एसईईमा सहभागीता जनाएका थिए । जस मध्य जिल्लाका चारवटा विद्यालय एसईईको नतिजापछि निल हुनबाट जोखिएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमिले शुक्रबार साँझ एसईईको नतिजा प्रकाशन गरेसँगै हुम्लाको खार्पुनाथ गाउँपालिका–३ हुम्ला माध्यामिक विद्यालय राया, सिमकोट गाउँपालिका–२ रामदेब माध्यामिक, सोही पालिकाको वडा–३ रलिङ्ग मावि बरगाउँ, वडा–८ सैपाल मावि स्याडा लिन हुनबाट जोगिएका छन् ।

      हुम्लाका यी चारवटा सामुदायिक विद्यालयबाट एक–एक जना गरी चार विद्यालयबाट चार विद्यार्थी मात्रै उतिर्ण भएका छन् । जसमा हुम्ला मावि राया दश मध्ये एक उतिर्ण, रामदेव मावि २६ मध्ये एक, रलिङ्ग मावि १३ मध्य एक र सैपाल मावि दश जना मध्ये एक जना विद्यार्थी उतिर्ण हुँदै लज्जास्पद नतिजा आएको छ । 

     यसरी विद्यालयको नतिजा खस्किदो गरी आएपछि यहाँका विद्यार्थीका अभिभावकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । जिल्लाकै उत्कृष्ठ स्थानीय तह र उत्कृष्ट सामुदायिक विद्यालयको नतिजा कम्जोर आउँदा अभिभावहरु चिन्तित बन्न थालेका छन् । 

      सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाभित्र रहेका तीनवटा विद्यालय नील हुनबाट जोगिएका छन् । रामदेव, रलिङ्ग, र सैपाल माध्यामिक विद्यालयको नतिजा अवस्था दयनीय रहेको छ । सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै वैशाख ३० गते कर्णाली प्रदेशको उत्कृट पालिका बनेको थियो । प्रिन्सीपल एसोसियसन अफ नेपालले सिमकोट गाउँपालिकालाई शिक्षा क्षेत्रमा देखाउनु भएको नेतृत्व, प्रतिवद्धता र नवीन पहलको लागि भन्दै प्रदेशकै उत्कृष्ट बनाउँदै सम्मान सहित बधाइ दिएको थियो । तर यी तीनवटा विद्यालय मात्रै नभएर सदरमुकाममै रहेका मानसरोवर र बालमन्दिर माध्यामिक विद्यालयको नतिजा अवस्थापनि चिन्ताजनक रहेको छ । मानसरोवर उच्च माध्यामिक विद्यालयका ४२ मध्ये २१ र बालमिन्दर माविका ४७ मध्य २१ जना मात्रै उर्तिण भएका छन् । यस्तै जिल्लाभरको उर्तिण प्रतिशतमा पनि सिमकोट निकै कम्जोर रहेको छ । 

  यस्तै खार्पुनाथ गाउँपालिका–१ मा रहेको मालिका मावि र वडा–२ थालीमा रहेको शंकर मावि विद्यालयको नतिजा पनि कम्जोर रहेको छ । यि दुई विद्यालयबाट दुई जना विद्यार्थी मात्रै उत्कृष्ट भएका छन् । त्यसैगरी सिमकोट गाउँपालिका–७ डाडाफयामा रहेको कैलाश मावि विद्यालयको नतिजा पनि कम्जोर अवस्थामा रहेको छ । कैलाश माविबाट पनि दुई जना विद्यार्थी मात्रै उर्तिण भएका छन् । 

   २०८१ सालको माध्यामिक शिक्षा परीक्षा एसईईमा हुम्लाबाट साधरण धार तर्फको परीक्षा ८ सय ४७, प्राविधिक धारमा ८९ जना सहभागी भएका थिए । त्यसमध्ये ४ सय ३३ जना साधरण धारमा उर्तिण भएका छन् भने ५० जना प्राविधिक धारमा उर्तिण भएका छन् । जिल्लाको समग्रह ५१ दशमलब ६० प्रतिशत उर्तिण भएका छन् । 
    यस्तै जिल्लाको चंखेली गाउँपालिका–६ को हिमालय मावि मेल्छामबाट ८ जना सहभागी मध्ये सबै उत्कृष्ट भएका छन् । 

    कमल महतारा जिल्लाकै उत्कृष्ट ३.९५ जिपीए ल्याउने विद्यार्थी

    जिल्लाको अदानचुली गाउँपालिका–३ ज्ञानोदय माध्यामिक विद्यालयका कमल महतारा सबैभन्दा बढी जिपिए ल्याउने विद्यार्थी बन्नुभएको हो । महताराले २०८१ को माध्यामिक शिक्षा परीक्षामा जिल्लाकै उत्कृष्ट ३.९५ प्रतिशत ल्याएर पहिलो छात्र बन्नुभएको छ । यस्तै दोस्रोमा सर्केगाड गाउँपालिका–१ सरस्वती मावि जैरका प्रिन्स रावल हुनु भएको छ । रावलले ३.९२ जिपीए ल्याएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।