नेभिगेशन
समाज

   शैपाल मावि स्याँडाको विव्यस अध्यक्षमा बुढा सर्वसहमत चयन

सिमकोट ।   जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर आठमा रहेको शैपाल माध्यामिक विद्यालयको स्याँडाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कमल बहादुर बुढाको नेतृत्वमा सर्वसहमतबाट समिति गठन गरिएको जानकारी प्राप्त भएको छ ।

अध्यक्षमा बुढा, सदस्यहरुमा कैल बुढा ,विर बहादुर बुढा, सम्म्राट बुढा सिंहबहादुर बुढा , कबि परियार मुक्ति बुढा , लोकविर बुढा र शिक्षक प्रतिनिधिमा देब बहादुर बुढा गरी नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा मेरसिंह बुढाको को अध्यक्षतामा १३ सदस्यीय समिति गठन असार ३२ गते नै चयन गरिएको  जानकारी प्राप्त भएको छ । 


साथै सिमकोट गाउँपालिका वडा नम्बर सतमा रहेको दोभान आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दुर्ग बहादुर शाहीको नेतत्वमा  ,नौ सदस्यीय समिति गठन गरिएको जानकारी प्राप्त भएको छ । यस्तै  शिक्षक अभिभाव संघको अध्यक्षमा रन्न कला शाहीको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको विव्यस अध्यक्ष दुर्ग बहादुर शाहीले जानकारी दिनु भएको छ ।


केही दिनदेखि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पदाधिकारीका लागि सहमती जुटाउने प्रयास भएपनि आज सर्वसहमत रुपमा उक्त दुबै विद्यालयको समिति गठन गरिएका जानकारी प्राप्त भएको छ । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।