नेभिगेशन
समाज

   शैपाल मावि स्याँडाको विव्यस अध्यक्षमा बुढा सर्वसहमत चयन

सिमकोट ।   जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर आठमा रहेको शैपाल माध्यामिक विद्यालयको स्याँडाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कमल बहादुर बुढाको नेतृत्वमा सर्वसहमतबाट समिति गठन गरिएको जानकारी प्राप्त भएको छ ।

अध्यक्षमा बुढा, सदस्यहरुमा कैल बुढा ,विर बहादुर बुढा, सम्म्राट बुढा सिंहबहादुर बुढा , कबि परियार मुक्ति बुढा , लोकविर बुढा र शिक्षक प्रतिनिधिमा देब बहादुर बुढा गरी नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा मेरसिंह बुढाको को अध्यक्षतामा १३ सदस्यीय समिति गठन असार ३२ गते नै चयन गरिएको  जानकारी प्राप्त भएको छ । 


साथै सिमकोट गाउँपालिका वडा नम्बर सतमा रहेको दोभान आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दुर्ग बहादुर शाहीको नेतत्वमा  ,नौ सदस्यीय समिति गठन गरिएको जानकारी प्राप्त भएको छ । यस्तै  शिक्षक अभिभाव संघको अध्यक्षमा रन्न कला शाहीको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको विव्यस अध्यक्ष दुर्ग बहादुर शाहीले जानकारी दिनु भएको छ ।


केही दिनदेखि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पदाधिकारीका लागि सहमती जुटाउने प्रयास भएपनि आज सर्वसहमत रुपमा उक्त दुबै विद्यालयको समिति गठन गरिएका जानकारी प्राप्त भएको छ । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

भर्खरै