नेभिगेशन
समाज

नेपाल निजामती कर्मचारी संगठनद्वारा कारागारका कैदीलाई कम्मल र बिरामीहरुलाई फलफूल बितरण

सिमकोट ।    नेपाल कम्युननिष्ट पार्टी नेकपा एमाले निकट रहेको भातृ संगठन नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति हुम्लाले जिल्ला अस्पताल हुम्लाका बिरामीहरुलाई हर्लिक्स र फलफुलका साथै जिल्ला कारागार हुम्लाका कैदी बन्दीहरु लाई कम्मल बितरण गरेको छ । 524886441_24041599102173414_6090357054556891237_n---Copy-1753698787.jpg

सोमबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती हुम्लाको आयोजनामा सहिद मनोज जोशी, झपेन्द्र कार्की, सुरेन्द्र विकको स्मृति दिवसको अवसमा जिल्ला अस्पताल हुम्लामा रहेका नौ जना विरामिलाई हर्लिक्स, फलफुल र जिल्ला कारागार हुम्लाका कैदी बन्दीहरुलाई कम्मल वितरण गरेकोे नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष महेन्द्र रोकायाले जानकारी दिनु भयो । 
 कर्मचारी संगठनले सामाजिक कार्य अन्तर्गत र सामाजिक भावानत्मक कार्य गदै अस्पतालमा भर्ना भएका उपचाररत विरामीहरुलाई थोरै भएपनि उनीहरुको स्वास्थ्य लाभको कामना गर्दै फलफुल सहयोगको  र कारागारका कैदी बन्दीहरुलाई कम्मल सहयोग गर्न पाउँदा खुसी भएको अध्यक्ष रोकाया बताउनुभयो ।  निजामती कर्मचारी संगठन जिल्लामा आउदा दिनहरुमा अझै यस्ता सामाजिक कार्य र बिभिन्न रचनात्मक क्रियाकालपहरु गर्ने अध्यक्ष महेन्द्र रोकायाले बताउनु भयो ।524317577_24041602922173032_8241594344588999365_n-1753698749.jpg

हर्लिक्स, फलफुल र कम्मल वितरण कार्याक्रममा जिल्ला अस्पताल हुम्लाका कार्यलय प्रमुख डा. उमाकान्त तिवारी , नेपाल निजामती कर्मचारी संगठन हुल्लाका अध्यक्ष महेन्द्र रोकाया, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य भक्त बहादुर शाही , जिल्ला सल्लाकार गिता लामा, जिल्ला कार्यसमितीका सचिव धर्मराज बोहरा , सह सचिव मिमसिंह नेपाली, नेपाल पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष शुरेस परियार,स्वास्थ्यकर्मी र संञ्चारकर्मी लगायत नेपाल निजामती कर्मचारी संगठन हुम्लाका जिल्ला कार्यसमितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।

c5993aaf-dec7-402f-b194-760ad109b9e9-1753698766.jpg

524171748_24041600912173233_968345967077936114_n---Copy-1753698778.jpg

524886441_24041599102173414_6090357054556891237_n-1753698758.jpg

525389603_24041601232173201_3150292236046317839_n-1753698767.jpg

525288535_24041602265506431_1950558968156734056_n---Copy-1753698771.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

भर्खरै