नेभिगेशन
समाज

५६ वर्षीय कामिलाई कुष्ठ रोग नभएको पुष्टी 

हुम्ला  ।  सिमकोट गाउँपालिका वडा नम्बर ८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामी बिगत ६ वर्षदेखि छाउँगोठमा बस्दै आएका थिए । विरामी कामीलाई साउन १० गते जिल्ला अस्पताल हुम्लामा उद्धार गरिएको हो ।  जिल्ला अस्पताल हुम्लाका व्यवस्थापन समिति अध्यक्ष दिपक भण्डारी, स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारी र मानवअधिकारकर्मी एवम् नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंह गाउँमै पुगेर यम्बुलेन्स मार्फत कामिलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याएको हो । 

विरामी कामीलाई आफन्तहरुले कुष्ठ रोग भनिएता पनि कुष्ठ रोग नभएको र ल्यापबाट परिक्षण गर्दा कामीलाई कुष्ट रोग नभएको  डाक्टर उमाकान्त तिवारीले बताएका छन् । कामीलाइ विभिन्न किसिका वाथ रोग (नसा सम्बन्धि रोग ) मध्य रिमटोइट अथराइड भएको डक्टर तिवारीले बताएका छन् ।

रोगसँग लड्ने सक्ने क्षमताले आफ्नो इम्युनिटी पावर चिन्न नसक्दा यस्तो खाले विरामी हुन सक्ने डाक्टर तिवारीले बताएका छन् । कामिलाई उदार गरी ल्याउनु भन्दा अहिले उनको स्वास्थ्य अवस्थामा निकै सुधार भएको र कामिलाई जिल्ला अस्पतालले निशुल्क उपचार गरी रहेको र थप उपचारका लागी विभिन्न संघ संस्था सरकारी स्वास्थ्य संस्थामा पहल गरी रहेको डाक्टर तिवारीले  जानकारी दिएका छन् । 

गाउँले र आफन्तको अन्धविश्वास र बेवास्ताका कारण कामी अझै पनि पीडादायक अवस्थामै छाउगोठमा एक्लै बस्दै आउनु परेको र कामीको अहिले जिल्ला स्वास्थ्य कार्यलय हुम्लामा उनको बाङगिएका हड्डीहरु सिधा नभए पनि थप रोग लाग्न नदिनको लागी उपचार भइ रहेको छ ।

   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।