नेभिगेशन
समाज

५६ वर्षीय कामिलाई कुष्ठ रोग नभएको पुष्टी 

हुम्ला  ।  सिमकोट गाउँपालिका वडा नम्बर ८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामी बिगत ६ वर्षदेखि छाउँगोठमा बस्दै आएका थिए । विरामी कामीलाई साउन १० गते जिल्ला अस्पताल हुम्लामा उद्धार गरिएको हो ।  जिल्ला अस्पताल हुम्लाका व्यवस्थापन समिति अध्यक्ष दिपक भण्डारी, स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारी र मानवअधिकारकर्मी एवम् नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंह गाउँमै पुगेर यम्बुलेन्स मार्फत कामिलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याएको हो । 

विरामी कामीलाई आफन्तहरुले कुष्ठ रोग भनिएता पनि कुष्ठ रोग नभएको र ल्यापबाट परिक्षण गर्दा कामीलाई कुष्ट रोग नभएको  डाक्टर उमाकान्त तिवारीले बताएका छन् । कामीलाइ विभिन्न किसिका वाथ रोग (नसा सम्बन्धि रोग ) मध्य रिमटोइट अथराइड भएको डक्टर तिवारीले बताएका छन् ।

रोगसँग लड्ने सक्ने क्षमताले आफ्नो इम्युनिटी पावर चिन्न नसक्दा यस्तो खाले विरामी हुन सक्ने डाक्टर तिवारीले बताएका छन् । कामिलाई उदार गरी ल्याउनु भन्दा अहिले उनको स्वास्थ्य अवस्थामा निकै सुधार भएको र कामिलाई जिल्ला अस्पतालले निशुल्क उपचार गरी रहेको र थप उपचारका लागी विभिन्न संघ संस्था सरकारी स्वास्थ्य संस्थामा पहल गरी रहेको डाक्टर तिवारीले  जानकारी दिएका छन् । 

गाउँले र आफन्तको अन्धविश्वास र बेवास्ताका कारण कामी अझै पनि पीडादायक अवस्थामै छाउगोठमा एक्लै बस्दै आउनु परेको र कामीको अहिले जिल्ला स्वास्थ्य कार्यलय हुम्लामा उनको बाङगिएका हड्डीहरु सिधा नभए पनि थप रोग लाग्न नदिनको लागी उपचार भइ रहेको छ ।

   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन