नेभिगेशन
समाज

    हुम्लाका ६ पालिकाले जग्गा वर्गीकरण नगर्दा रोकियो कित्ताकाट


जग्गा वर्गीकरण नगरेका कारण हुम्लाका ६ पालिकामा कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली जारी भएको तीन वर्ष बित्दासम्म हुम्लाको एक मात्र सर्केगाड पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन् । बाँकी ६ पालिका नाम्खा गाउँपालिका, सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका र ताँजाकोट गाउँपालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि कित्ताकाट ठप्प भएको नापी कार्यालयका निमित्त कार्यालय प्रमुख रामकृष्ण शाहीले बताउनु भएको छ ।  

भदौमा महिना लागिसक्दा पनि जग्गाको पूर्ण वर्गीकरण नगर्दा जिल्लाका ६ वटा  पालिकामा कित्ताकाटलगायत जग्गा प्रशासनसम्बन्धी काम ठप्प भएको निमित्त प्रमुख शाहीको भनाई रहेको छ । पालिकाभित्रका कुन कित्ता नम्बरको जग्गा कृषि, आवासीय लगायत छुट्याइ नसकिएको उहाँले बताउनुभयो । 

वर्गीकरण नगरेको पालिकामा नयाँ कित्ताकाट रोकिएको बताइएको छ । सरकारले दुई पटक भूउपयोग नियमावली, २०७९ संशोधन गरिसकेको छ । २०८१ भदौ सुरुदेखि नै पालिकामा कित्ताकाट लगायत जग्गा प्रशासनसम्बन्धी काम रोकिएको थियो । कित्ताकाट ठप्प भएपछि मन्त्रालयले दोस्रो पटक नियमावली संशोधन गरेको हो । २०७९ मंसिरसम्म नेपालका केही पालिकाले मात्रै कृषि क्षेत्र छुट्याएका थिए ।

 २०७९ मंसिरपछि जग्गालाई १० वटै क्षेत्रमा वर्गीकरण गर्नुपर्ने थियो । तर धेरैजसो पालिकाले जग्गाको वर्गीकरण नगरेपछि २०८० साउन ३२ मा नियमावलीको संशोधन गर्दै एक वर्षभित्र चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरिएको थियो । नियमावलीको पहिलो संशोधनबाट आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म र कृषि जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइने व्यवस्था गरिएको छ । 

यसअघि आवासीय जग्गा १ सय ३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैनथ्यो । कृषि जमिनको सन्दर्भमा उपत्यकामा ५ सय वर्गमिटर, तराई र भित्री मधेशमा ६ सय ७५ वर्गमिटर क्षेत्रफलभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था छ । सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवासीय र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड छन् । व्यावसायिक आवासका लागि स्थानीय सडकको मापदण्ड पूरा भएको हुनुपर्ने नियमावलीमा छ । पहिलो संशोधनबाट एक वर्ष अवधि थप गर्दा पनि पालिकाले वर्गीकरण नगरेपछि मन्त्रालयले २०८१ भदौमा दोस्रो पटक नियमावली संशोधन गरेको थियो ।

‘कित्ताकाटलाई व्यावहारिक रूपमा व्यवस्थित गर्न सबै पालिकालाई स्रोतसाधन सम्पन्न बनाई नापी विभागबाट हस्तान्तरण भएको भूउपयोग नक्सा डाटाका आधारमा जग्गाको वर्गीकरण गर्न समन्वय गरिएको छ । भूउपयोग ऐन, २०७६ मा सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भूउपयोग परिषद्ले जमिनको वर्गीकरण र भूउपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ । त्यसलाई कार्यान्वयन गर्न सरकारले नियमावली ल्याएको थियो । नियमावलीअनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज, व्यावसायिक लगायत १० वर्गमा वर्गीकरण गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
डिभिजन वन कार्यालय हुम्लाको वार्षिक समीक्षा सम्पन्न, वित्तीय प्रगति ७९.७८ प्रतिशत

डिभिजन वन कार्यालय हुम्लाको वार्षिक समीक्षा सम्पन्न, वित्तीय प्रगति ७९.७८ प्रतिशत

डिभिजन वन कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । समीक्षा कार्यक्रममा कार्यालयले चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम, वित्तीय प्रगति, वन संरक्षण,...
लाली गुराँस माध्यमिक विद्यालयमा ३० लाखको खेल मैदान र १५ लाखको घेरबार निर्माण

लाली गुराँस माध्यमिक विद्यालयमा ३० लाखको खेल मैदान र १५ लाखको घेरबार निर्माण

सर्केगाड गाउँपालिका वडा नम्बर २ लिप्ने स्थित लाली गुराँस माध्यमिक विद्यालयमा करिब ३० लाख रुपैयाँको लागतमा आधुनिक खेल मैदान निर्माण गरिएको छ ।  विद्यालयमा खेलकुदका गतिविधिलाई प्रभावकारी बनाउने...
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारमा हुम्लाका तीन कृषि फर्म सम्मानित

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारमा हुम्लाका तीन कृषि फर्म सम्मानित

हुम्लामा आयोजित जिल्ला स्तरीय “मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार“ कार्यक्रममा उत्कृष्ट कृषि व्यवसाय सञ्चालन गर्दै आएका तीन कृषि फर्मलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । कृषि विकास कार्यालय हुम्लाका प्रमुख...
भुब्रेलेकको ४ जी टावर छ दिनपछि सञ्चालनमा  आयो

भुब्रेलेकको ४ जी टावर छ दिनपछि सञ्चालनमा आयो

सर्केगाड गाउँपालिका र वडा नम्बर ६ छ्यागीमा रहेको भुब्रेलेक स्थित नेपाल टेलिकमको ४ जी टावर  छ दिनपछि सञ्चालनमा आएको छ ।
भर्खरै