नेभिगेशन
समाज

सञ्चारकर्मीको गुनासो ः सूचना माग्दा दिन मान्दैनन् हुम्लाका अधिकांश सरकारी कार्यालय

 
मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था अन्तरक्रिया कार्यक्रममा हुम्लाका सञ्चारकर्मीहरुले यहाँ रहेका सरकारी कार्यालयमा सूचना माग्दा पाउन नसकेको गुनासो पोखेका छन् ।  जिल्लास्थित सञ्चारकर्मीले विभिन्न समयमा विकासे तथा अन्य सरकारी कार्यालयमा मौखिक नभएर सूचनाको हक प्रयोग गरेर सूचना माग्दा पनि पाउन नसकेको गुनासो पोखेका थिय । कार्यालयका आर्थिक गतिविधि, कार्य सञ्चालन, विभिन्न आर्थिक वर्षमा भए गरेका सूचना माग्दा पनि पाउन नसकेको बताएका छन् । 

जिल्लामा रहेका हिल्ला सडक आयोजना, पूर्वाधार विकास, स्वास्थ्य सेवा, हुलाक, मालपोत र प्रधानमन्त्री आधूनिकिकरण कार्यालयमा सूचनाको हक प्रयोग गरेर दिन नसकेको बताएका छन् । सञ्चारकर्मीले समेत सूचना माग्दा पाउन नसकेपछि अन्य आम नागरिकले कसरी सूचना पाउन सक्छन् भनेर जिल्लाका सूचना अधिकारी प्रति जिज्ञासा राखेका थिय । यस्तै जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरुले आफ्नो ओपसाइडमा कुनै जानकारी राख्न नसक्नुका साथै अपडेट समेत गर्न नसकेको बताएका थिय । 

सूचनाको हक कार्यान्वयनको अवस्था अन्तरक्रिया कार्यक्रममा हिल्सा सडक आयोजना, डिभिजन वन, यारी भन्सार, अध्यागमन, नेपाल टेलिकम,खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लगायतका दर्जन बढी सूचना अधिकारी उपस्थित हुन नसकेका थिय । जिल्ला हुलाक कार्यालयको आयोजनामा र जिल्ला प्रशासन कार्यालय हुम्लाको सहजीकरणमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियोे । कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियोे । 
‎सुशासन कायम गर्नका लागि मनमा लागेका कुरा गुम्साएर राख्नु भन्दा सार्वजनिक गर्नु पर्ने बताउनुभयो । सञ्चारकर्मी मात्रै नभएर आम नागरिकले जो सुकै कार्यालयमा पुगेर सूचना माग्दा २०६४ र २०६५ को सूचनाको हक सम्बन्धि दिन मिल्ने जत्ति सूचना प्रदान गर्न आग्रह गर्नु भएको थियोे । 
‎प्रमुख जिल्ला अधिकारी पाण्डेयले भन्नुभयो, विभिन्न किसिमका बिस प्रकारका सूचना दिन पाउने व्यवस्था ऐनमा छ । सोही अनुसार १३ वटा २०६४ र ७ वटा २०६५ को नियामवलीमा दिन पाउने अधिकार छ । जो कोही नागरिकले सूचना माग्दा दिनु पर्ने बताउनुभयो । 

सूचनाको पहुचमा आफ्ना कार्यालयमा भएका सूचना सूचना अधिकारीले थाहा पाउन सक्नु पर्छ । आफ्नो जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सुझाव दिनुभएको थियो । सेवाग्राही नागरिकमा मुस्कान सहितको सेवा दिनु पर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । जिल्लामा सुशासन कायम गर्न लागि पहिलो पटक सूचना दिवस मनाइएको हो भने पहिलो प्रयास हो । 
‎मङ्गलबार जिल्लामा १९ औँ सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्द, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जंङ बहादुर सिह,रास्ट्रिय अनुसन्धानका प्रमुख मेघराज कडेल, नेपाल पत्रकार महासंघ हुमला शाखाका अध्यक्ष राजन रावत लगायतका सञ्चारकर्मी सहित अन्य विभिन्न सरकारी कार्यक्रमका सूचना अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।
भर्खरै