नेभिगेशन
समाज

लुटपाट र आगजनीमा संलग्न २७ जना पक्राउ  

काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरू देशभर परिचालनमा रहेपछि पछिल्लो १२ घण्टामा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।

सेनाले जारी गरेको सुरक्षासम्बन्धी विवरण अनुसार मिति २०८२ भदौ २४ गते राति १० बजेदेखि भदौ २५ गते बिहान १० बजेसम्म काठमाडौँसहित देशका विभिन्न स्थानमा लुटपाट, आगजनी र जीउधनको क्षति पुर्‍याउने उद्देश्यले संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् ।

यस अवधिमा ३ वटा बारुण यन्त्र प्रयोग गरी आगजनी नियन्त्रण गरिएको जनाइएको छ । त्यस्तै, काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार नगद बरामद गरिएको छ ।

सुरक्षा निकायले काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न प्रकारका ३१ नाल हतियारसहित म्यागजिन र गोलीगठ्ठा बरामद गरेको जनाएको छ ।

यसबीचमा सुरक्षाकर्मीसमेत घाइते भएका छन् । २३ जना नेपाल प्रहरी र ३ जना गैर सैनिक व्यक्तिको हाल सैनिक अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जनाएको छ ।

सेनाले विद्यमान परिस्थिति नियन्त्रणमा सबै सुरक्षा संयन्त्र सक्रिय रहेको र नागरिकलाई शान्ति सुरक्षामा सहयोग गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।