नेभिगेशन
समाज

एक महिना देखि बन्द रहेको रेडियो कर्णाली आवाज आज बाट सञ्चाल

 

सिमकोट  ।     हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेकोे लोकप्रिय सामुदायिक रेडियो कर्णाली आवाज ९४ थोप्लो २ मेगाहर्ज  केही महिना अघिदेखि प्रसारण सेवा बन्द रहेकोमा आजदेखि पुनः सञ्चालनमा आएको छ ।
विभिन्न आन्तरिक समस्या र रेडियोको मुटु ट्रान्समिटरमा खराबि आए सँगै  प्राविधिक समस्याका कारण रेडियो प्रसारण सेवा बन्द भएको थियो । रेडियो कर्णाली आवाज एक महिना सम्म बन्द रहदा हुम्लाका स्थानिय नागरिक निकै सञ्चार क्षेत्रबाट टाढा रहेको दुखेसो गरेको जानकारी प्राप्त भएको छ । तर रेडियोकर्मिहरुको ठुलो पहल सँगै मर्मत–सम्भार गरेपछि रेडियो पुनःप्रसारण सुरु गरिएको जानकारी प्राप्त भएको छ । 


विभीत समस्या र प्राविधिक अवरोधका कारण रेडिया कर्णली आवाज एक महिना देखि बन्द रहँदा स्थानीय श्रोता समाचार, विभिन्न सूचना तथा मनोरञ्जन सामग्रीबाट वञ्चित भएका थिए । रेडियोका स्टेशन प्रमुख नबराज महताराका अनुसार आवश्यक मर्मत–सम्भार र उपकरण प्रतिस्थापनपछि आजदेखि नियमित प्रसारण सुरु गरिएको र अझै जिम्मेवार र जनमुखी सुचना, शिक्षा, मनोरञ्जन र सामाजिक चेतनामूलक कार्यक्रम र समाचार प्रसारण गर्ने बताउनु भएको छ । 


रेडियो कर्णाली आवाजले गाउँ–गाउँको ठाँउ—ठाँउको आवाज मुखरित गर्ने, स्थानीय संस्कृतिको संरक्षण गर्ने र नागरिकलाई सचेत गराउने महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । साथै, लामो समय रेडियो सुन्न नपाउँदा बिछोडमा परेका श्रोतालाई नियमित समाचार सँगै कार्यक्रमसहित जोड्ने तयारी भइरहेको जनाएको छ ।


रेडियो पुनः सञ्चालनसँगै स्थानीय आवाजलाई बलियो बनाउँदै स्थानीय वासीहरूले लामो समयपछि आफ्नै आवाज बोल्ने सामुदायिक रेडियो कर्णाली आवाज पुनः सुन्न पाएकोमा खुशी समेत व्यक्त गरेका छन् । 


स्थानिय नागरिकहरुले जिल्लाको दुर्गम गाउँ घरसम्म जानकारी पु¥याउने माध्यम फेरि सञ्चालनमा आएर सक्रिरुपमा प्रसारण गर्ने विश्वस समेत गरेका छन् ।  श्रोताहरूले पनि  निष्पक्ष्य रुपमा समाचार प्रसारण गर्ने रेडियो पुनः सुन्न पाएकोमा निकै खुसि भएको जानकारी दिनु भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए । 
सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ । कति क्षती भएको भन्ने एकिन...
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ४५ जना...
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना विभिन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालयको पोसाक...
भर्खरै