नेभिगेशन
समाज

एक महिना देखि बन्द रहेको रेडियो कर्णाली आवाज आज बाट सञ्चाल

 

सिमकोट  ।     हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेकोे लोकप्रिय सामुदायिक रेडियो कर्णाली आवाज ९४ थोप्लो २ मेगाहर्ज  केही महिना अघिदेखि प्रसारण सेवा बन्द रहेकोमा आजदेखि पुनः सञ्चालनमा आएको छ ।
विभिन्न आन्तरिक समस्या र रेडियोको मुटु ट्रान्समिटरमा खराबि आए सँगै  प्राविधिक समस्याका कारण रेडियो प्रसारण सेवा बन्द भएको थियो । रेडियो कर्णाली आवाज एक महिना सम्म बन्द रहदा हुम्लाका स्थानिय नागरिक निकै सञ्चार क्षेत्रबाट टाढा रहेको दुखेसो गरेको जानकारी प्राप्त भएको छ । तर रेडियोकर्मिहरुको ठुलो पहल सँगै मर्मत–सम्भार गरेपछि रेडियो पुनःप्रसारण सुरु गरिएको जानकारी प्राप्त भएको छ । 


विभीत समस्या र प्राविधिक अवरोधका कारण रेडिया कर्णली आवाज एक महिना देखि बन्द रहँदा स्थानीय श्रोता समाचार, विभिन्न सूचना तथा मनोरञ्जन सामग्रीबाट वञ्चित भएका थिए । रेडियोका स्टेशन प्रमुख नबराज महताराका अनुसार आवश्यक मर्मत–सम्भार र उपकरण प्रतिस्थापनपछि आजदेखि नियमित प्रसारण सुरु गरिएको र अझै जिम्मेवार र जनमुखी सुचना, शिक्षा, मनोरञ्जन र सामाजिक चेतनामूलक कार्यक्रम र समाचार प्रसारण गर्ने बताउनु भएको छ । 


रेडियो कर्णाली आवाजले गाउँ–गाउँको ठाँउ—ठाँउको आवाज मुखरित गर्ने, स्थानीय संस्कृतिको संरक्षण गर्ने र नागरिकलाई सचेत गराउने महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ । साथै, लामो समय रेडियो सुन्न नपाउँदा बिछोडमा परेका श्रोतालाई नियमित समाचार सँगै कार्यक्रमसहित जोड्ने तयारी भइरहेको जनाएको छ ।


रेडियो पुनः सञ्चालनसँगै स्थानीय आवाजलाई बलियो बनाउँदै स्थानीय वासीहरूले लामो समयपछि आफ्नै आवाज बोल्ने सामुदायिक रेडियो कर्णाली आवाज पुनः सुन्न पाएकोमा खुशी समेत व्यक्त गरेका छन् । 


स्थानिय नागरिकहरुले जिल्लाको दुर्गम गाउँ घरसम्म जानकारी पु¥याउने माध्यम फेरि सञ्चालनमा आएर सक्रिरुपमा प्रसारण गर्ने विश्वस समेत गरेका छन् ।  श्रोताहरूले पनि  निष्पक्ष्य रुपमा समाचार प्रसारण गर्ने रेडियो पुनः सुन्न पाएकोमा निकै खुसि भएको जानकारी दिनु भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।