नेभिगेशन
राजनीति

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

सिमकोट । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाको सभापतिमा लक्ष्मण ऐडी निर्विरोध निर्वाचित भएका छन् । 

सुक्रबार राती भएको निर्वाचनमा ऐडी पहिलो पटक जिल्ला सभापतिमा निर्वाचित भएको रास्वपा हुम्लाले जनाएको छ । पार्टी केन्द्रीय निर्णय अनुसार सुक्रबार जिल्ला समन्वय समितिको सभाकक्षमा जिल्ला अधिवेशन उद्घाटन गरेको रास्वपाले आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व छनोट गरेको बताइएको छ । 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित सचिव मनोज बोहराले जानकारी दिनुभयो ।  

नयाँ नेतृत्वका लागि चार जनाको नाम चर्चामा रहेपनि अन्तमा सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्ने काम भएको नवनिर्वाचित सभापति ऐडीले बताउनुभयो । 
 
‘नेतृत्वका लागि स्वभाविक रुपमा जिल्लाका धेरै साथीहरु योग्य र उत्तम हुनुहुन्थ्यो’ ऐडीले रेडियो कर्णाली आवाजसँग भने, ‘संगठनको विधि र पद्धती, साथीहरुले म माथि देखाएको सदासयताका कारणले पनि म नेतृत्वमा निर्वाचित हुन सफल भएँ । यसमा जिल्ला पार्टीका साथीहरुको भूमिकाप्रति अनुग्रहित छु ।’

अघिल्लो कार्यकाल जिल्ला उपसभापतिका रुपमा काम गरेका ऐडीलाई यो पटक भेलामा सहभागि धेरैले नेतृत्वका लागि दवाव दिएपछि निर्विरोध निर्वाचित भएको रास्वपा हुम्ला स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जिल्ला सभापतिको नेतृत्वका लागि सभापति ऐडि, उपसभापति रिञ्जिन दावा लामा, तिर्थ बुढा र गेविन्द शाहीले दावी गर्नु भएको थियो । लामा र बुढा निर्वाचनमै भएपनि जाने तयारीमा जुटेका थिए भने सामाजिक क्षेत्रमा कार्यरत शाही सर्वसम्मत भए नतृत्वका लागि तयार रहेको बताइएको थियो । यद्यपी नेकपा (एमाले) संगठनमा आवद्ध शाहीले आफू रास्वपा सभापतिका रुपमा दावी गरेको खबर गलत भएको बताएका छन् । 

पार्टीले देशभर शनिबार बाट जिल्ला अधिवेशन गर्ने जनाएपनि हुम्लाले भने सुक्रबार नैं जिल्ला अधिवेशन टुंग्याएको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...