नेभिगेशन
राजनीति

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

 काठमाडौं। प्रदेश सरकार गठन सम्बन्धमा भैरहेको किचलो अन्त्यका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच लिखित सहमती भएको छ । 

सात प्रदेश मध्ये दुई पार्टीको बहुमत हुने पाँच प्रदेशको भागबण्ड गरेर प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुँदे सहमति भएको छ। 

शनिबार भएको सहमति अनुसार मधेस र गण्डकी बाहेकका प्रदेशहरूमा दुई पार्टीबिच भागबण्डा भएको हो । सहमति अनुसार कोशी,बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।

UML-&-CPN--Agreement-9-Sauna-083-1784994007.jpg
 

तीन प्रदेशमा सहज, चारमा सानाको समर्थन आवश्यक 
प्रदेशको सत्ता समिकरणका लागि आज भएको नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज गरेबको सहमतीले तिन प्रदेशमा मात्रै सहज बहशुमत पुग्ने देखिएको छ । 

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ ।

सहमति अनुसार मधेस र गण्डकी प्रदेशमा भने अरू दलसँग सहकार्य गर्ने सहमतिमा उल्लेख । प्रदेश सभाको सांसदको संख्याको आधारमा एमाले र नेकपाको गठबन्धन बन्दा कोशी, कर्णाली र सुदूरपश्चिममा मात्रै सहजै सरकार बनाउने अवस्था छ । अरू चार प्रदेशमा भने साना दलको वैशाखी अनिवार्य देखिएको हो । 

कोशी प्रदेशमा कुल ९३ सदस्यीय प्रदेशसभा भए पनि हाल कायम सांसद संख्या ९२ रहेको छ । जसमा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । जसका लागि एमालेको ४० र नेकपाको १७ गरी ५७ सांसद छन् । यो समीकरण अन्तर्गत यहाँ स्पष्ट र बलियो बहुमतको सरकार बन्ने देखिन्छ ।

कुल १०३ सदस्यीय प्रदेशसभा भएको मधेस प्रदेशमा बहुमतका लागि ५२ सिट आवश्यक पर्छ । जहाँ एमालेको २४ र नेकपाको १५ सिट गरी ३९ सिट मात्रै छ । यहाँ बहुमतका लागि थप १५ सिट आवश्यक पर्छ । यसका लागि जसपाको २८ वा जनमत १२ सांसदको समर्थन बिना सरकार बन्न सक्दैन।

बागमती प्रदेशमा कूल १०४ सदस्यीय प्रदेशसभाको लागि बहुमत जुटाउन ५३ सांसद अनिवार्य हुन्छ । जुन प्रदेशमा एमालेको २६ र नेकपाको २६ गरी ५२ सिट रहेको छ । यो प्रदेशमा दुवै दलका लागि बहुमत पुर्‍याउन मात्र १ सिट अपुग हुन्छ । राप्रपा ९१२०, हाम्रो नेपाली पार्टी (२) वा नेमकिपा (३) को समर्थनमा मात्रै यहाँ सरकार गठन हुन सक्छ ।

त्यस्तै गण्डकी प्रदेशमा कुल ५९ सदस्यका लागि बहुमत पुर्‍याउन ३० सांसद चाहिन्छ । यो प्रदेशमा एमालेको २२ र नेकपाको ७ गरी २९ सिट रहेको छ । यो प्रदेशमा पनि बहुमतका लागि १ सिट अपुग हुन्छ । यहाँ २ सिट भएको राप्रपा किङमेकर बन्ने देखिन्छ । यस्तै यो प्रदेशमा नेपाल समाजवादी पार्टीको १ जना सांसद रहेका छन्। 

उता लुम्बिनी प्रदेशको कुल ८३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक छ । यो प्रदेशमा एमालेको २९ र नेकपाको सभामुखसहित १३ गरी ४२ सांसद पुग्छन् । यहाँ दुई पार्टीको ठिक्क बहुमत पुग्ने देखिए पनि सभामुखले मतदान गर्न पाउँदैनन् । जसका कारण यो प्रदेशमा जसपा नेपालको ३, जनमतको ३, राष्ट्रिय जनमोर्चाको १ र स्वतन्त्र १ सांसद छन् । ३ सिट भएको कुनै पनि दलले यो गठबन्धनलाई सहयोग नगरे सरकार बन्दैन । 

उता, ४० सदस्यीय कर्णाली प्रदेशमा बहुमत पुर्‍याउन २१ सांसद आवश्यक हुन्छ । यो प्रदेशमा एमालेका १० र नेकपाका १४ सांसद गरी २४ सांसद छन् । यहाँ स्पष्ट बहुमत पुग्ने भएकाले वामपन्थी सरकार सहजै बन्छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको कूल ५२ सदस्यीय प्रदेशसभाको बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । यो प्रदेशमा एमालेको ११ र नेकपाको २२ गरी ३३ सांसद छन् । यो प्रदेशमा एमाले र नेकपाको सहजै बहुमत पुग्ने देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...