नेभिगेशन
राजनीति

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।


 हुम्ला
नेकपा एमाले हुम्लाको  जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य दल रावलको प्रमुख आतिथ्यमा नेकपा एमालेको जिल्ला कमिटी सचिवालयको बैठक सम्पन्न भएको पाटी सचिव तिर्थराज बोहराले बताउनु भएको छ । 


आज बसेको पाटीको बैठकमा पार्टी केन्द्रको कार्यविभाजन तथा संगठन सुदृढीकरण लगायतका समसामयिक विषयमा छलफल गरिएको थियो । चौथो सचिवालय बैठकले मनोनित गरेका नाम्खाका निमा लामा, सिमकोटका चिन रावत, सर्केगाडका मकरध्वज शाही र अदानचुलीका जयराज सन्ज्याललाई प्रमाणपत्र वितरण तथा पद तथा गोपनियताको सपथ गराईएको छ । बैठकमा सचिवालय सदस्यहरू, अनुशासन आयोगका सदस्य लोकबहादुर हमाल, केन्द्रीय सल्लाहकार कमिटी सदस्य छक्कबहादुर लामा, उपाध्यक्ष  प्रकाश बहादुर शाही, सचिव तीर्थराज बोहरा, उपसचिव प्रदीप लामा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


  बैठकले संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै पार्टीका आगामी कार्यक्रमहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता सहित आफ्नो कार्यसूची सम्पन्न गरेको छ । पार्टीको सांगठनिक गतिविधि, आगामी कार्यदिशा र समसामयिक विषयमा छलफल गरिएकोे नेकपा एमाले हुम्लाले जनाएको छ ।

नेकपा हुम्लाका पार्टी सचिव तिर्थराज बोहराका अनुसार बैठकमा पार्टीको नयाँ रणनीति निर्माण, संगठन सुदृढीकरण, पार्टी सदस्यता नवीकरण लगायतका महत्वपूर्ण विषयमा छलफल हुने भएको छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीको गतिविधि विस्तार तथा आगामी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा समेत बैठक केन्द्रित रहेकोे उहाँले जानकारी दिनुभयो । सचिवालय बैठकबाट जिल्लाको वर्तमान राजनीतिक अवस्था, संगठनको अवस्था र आगामी रणनीतिबारे ठोस योजना निर्माण गरिने पार्टीले जनाएको छ । पार्टीका नेताहरूका अनुसार बैठकले हुम्लामा पार्टीको संगठनलाई थप सक्रिय बनाउने, स्थानीय तहमा जनमुखी कार्यक्रम सञ्चालन गर्ने र पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...
भर्खरै