नेभिगेशन
राजनीति

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

सिमकोट । हुम्ला र बाजुरा जिल्ला बीच भएमो सीमा स्वामित्वका विषयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संघर्ष गर्ने भएको छ । 

पार्टी एकिकरण पश्चात पहिलो पटक भएको एकिकरण भेलाले तिन वटा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाले आज सार्वजनिक गरेको कार्यक्रममा सैपाल कर्णालीलाई सीमा क्षेत्र मान्दै हुम्ला र बाजुराको सीमा निर्धारण गर्न राज्यलाई दवाव दिने, प्रदेशबाट विनियोजित भएको विभिन्न योजनाहरुको भण्डाफोर अभियान सञ्चालन गर्ने र सरकारको गैरजिम्मेवार सैली महंगी र विदमान सबै खाले भ्रष्टाचारको विरुद्ध तथ्यगत संघर्ष सञ्चालन गर्ने निर्णय नेकपा हुम्लाले गरेको छ ।  

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा स्वामित्वको विषयलाई उल्लेख गर्दै लामाले हुम्लासँग एथेष्ट प्रमाण हुँदाहुँदै पनि बाजुराले हुम्लीवासीप्रति दिएको प्रतिक्रिया निकै खेदजनक रहेको जिकिर गर्दै भने, ‘सबै क्षेत्रबाट मिलेर बाजुरा र हुम्लाबीचको इष्टमित्र कूल कुटुम्भको नाता कायम रहेको वेला बाजुरा जिल्लाको तर्फबाट तस्करी, डाँका, गुण्डाका रुपमा करार गरेको छ त्यो असाध्यै आपत्तिजनक छ । यसमा हाम्रो आपत्तिजनक विषय हो । यो विषयमा हुम्लासँग निकै धेरै तथ्यहरु र प्रमाण छ ।’ 

परम्परागत समयदेखि नैं हुम्लासँग बलियो प्रमाण रहेको दावी गरेका लामाले गुगल र टोपो म्यापमा एकतर्फी बनाउने काम धार्मिक र सामाजिक हिसाबले पाप भएको उल्लेख गर्दै भूमी कब्जा गर्ने काम निकै षडयन्त्र भएको बताए ।
गएको वैशाख २४ गतेदेखि दुई जिल्लाको सीमा क्षेत्र लामपाटा रानीखर्कमा भएको विवादका विषयलाई लिएर दुई जिल्ला बीच अनेक खाले विवाद भैरहेका वेला दलगत रुपमा संघर्षको कार्यक्रम घोषणा गर्ने नेकपा जिल्लाको पहिलो दल बनेको छ । दुई जिल्ला बीच विभिन्न समयमा भएका विवादले हुम्लाका २१ र बाजुराका २ जना अहिले प्रहरी हिरासतमा रहेका छन् । 

वामपन्थी एकता अपरिहार्यः इन्चार्ज शाही 
कम्युनिस्टहरुको अस्थित्व रक्षाका लागि पनि हुम्ला जिल्लाका वामपन्थीहरुको कता अपरिहार्य रहेको निस्कर्ष निकाल्दै नेपाली कम्युनिष्ट पार्टी (नेपका) हुम्लाको एकता भेला सम्पन्न भएको छ । 

तत्कालीन माओवादी केन्द्र र एकिकृत समाववादी लगायतका दलहरुबीच एकिकरण पश्चात पहिलो पटक यहि सोमबार मंलबार जिल्ला सदरमुकाम सिमकोटमा आयोजना गरिएको एककरण भेलाले राष्ट्रिय अखण्डता, राष्ट्रिय एकिकरण लगायतन जनजीविकाका सवालहरुको रक्षाका लागि पनि हुम्ला देखि नेपालसम्म कुनैपनि हालतमा वाम एकताको विकल्प नभएको निचोड भेलाले निकालेको नेकपाका जिल्ला इन्चार्ज हस्तबहादुर शाहीले जानकारी दिए । भेलाका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई संवोधन गर्दै इन्चार्ज शाहीले भने, अब कम्युनिस्ट आन्दोलनको निरन्तरता, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय हितका लागि पनि जिल्लामा भएको नेकपा (एमाले) लगायतका कम्युनिस्ट पार्टीहरुसँगको सहकार्यको विकल्प छैन् । नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताका जनजीविकाका सवालहरुको रक्षका लागि पनि वामपन्थीहरुको एकता नगरी नहुने भएको छ । 

२०६२।०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षामा खातिर पनि नेपालमा वाम एकता अपरिहार्य विषय भएको उल्लेख गरेका इन्चार्ज शाहीले गएको भदौं २३ र २४ को विध्वशंको छानविन गर्न र देशमा व्यप्त भ्रष्टाचार एवम् वेथितीको अन्त्य गर्न पनि पुराना दलहरु बीचको सहकार्य आवश्यक रहेको जिकिर गरे । 

विभिन्न कम्युनिस्ट पार्टीहरु बीचको एकिकरणले दलहरुको जोडिएको सम्बन्धलाई थप मजवुत बनाउने काम भएको बताउनु भएका जिल्ला संयोजक डा. दिपेन्द्र रोकायाले शंसारको गन्तव्य हुम्ला बनाउनका लागि बनाउन दलहू मात्र नभएर सबै एकजुट हुनु पर्नेमा जोड दिदैं भन्नुभयो भर्खर जोडिएको सम्बन्धहरुलाई जोगाई राख्दै हुम्लामा भर्खर शुरु भएको धुवाँ नआउने उद्योगलाई विश्वकै गन्तव्यका रुपमा अघि बढाउने अभियानमा लाग्ने सबैलाई आब्हान गरे । 
  
कर्यक्रममा नेकपाले दुई दिनसम्म आयोजना गरेको भेलाको निर्णयहरुलाई समेत सार्वजनिक गरिएको छ । विभिन्न २१ वटा निर्णय गरेको नेकपाले एकिकरणको कामलाई आगामी असार ३१ ग्तेसम्म वडातहसम्ममा लैजाने, २१ वटा विभागहरु ग्ठन गर्ने काम समेत गरेको छ । जिल्लाको अर्धवार्षिक कार्य योजना समेत तयार पारेको नेकपाले जिल्लाका विविध विषयमा सांगठानिक समिक्षा सहितको निर्णय गरेको जनाएको छ । पार्टीका जिल्ला इन्चार्ज हस्तबहादुर शाही, सहइन्चार्ज रंगमल रोकाया र जिल्ला संयोजक डा. दिपेन्द्र रोकायाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती अनुसार नेकपा हुम्लाले पार्टीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, केन्द्रीय सदस्य नरेश भण्डारी, प्रदेश अध्यक्ष विमला केसी लगायतका नेताहरुको उपस्थितीमा दुई दिने जिल्लाको एकिकरण भेलाका आयोजना गरेको जनाएको छ ।  

यस्तो छ, नेकपा हुम्ला भेलाको निर्णय 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...
हुम्ला पुगेकी राज्य मन्त्री गमता विकको अनुभूतीः  'माथिल्लो कर्णालीको विकास गर्न धेरै बाँकी रहेछ'

हुम्ला पुगेकी राज्य मन्त्री गमता विकको अनुभूतीः  'माथिल्लो कर्णालीको विकास गर्न धेरै बाँकी रहेछ'

कर्णालीका दश जिल्लामध्ये पहिलो पटक हुम्ला पुगेको बताएकी राज्यमन्त्री विकले देश संघीय संरचनामा गएपछि केहि विकासे गतिविधिले तिब्रता लिएको देखिएपनि जुन रुपमा तिनै तहका सरकारबाट विकास हुनुपर्ने हो...
हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

पुर्व प्रधानमन्त्री एबम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । देशै भर दिउँसो ३ बजेदेखि एमालेको...
नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेपाल कम्युनिष्ठ पार्टी एमाले हुम्लाका उम्मेदवार दल फडेराले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च सार्वजनिक गर्नु भएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारको...