नेभिगेशन
समाज

लाली गुराँस माध्यमिक विद्यालयमा स्मार्ट बोर्डमार्फत शिक्षण सिकाई कार्य सुरु

हुम्ला । सर्केगाड गाउँपालिका–२ स्थित श्री लाली गुराँस माध्यमिक विद्यालयमा बुधबारदेखि स्मार्ट बोर्डमार्फत शिक्षण–सिकाइ कार्य सुरु गरिएको छ । बुधबारदेखि सर्केगाड गाउँपालिकाबाट प्राप्त स्मार्ट बोर्ड कक्षा ६ देखि कक्षा १० सम्मका कक्षाकोठामा जडान गरी नियमित पठनपाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक काली बहादुर महताराले जानकारी दिनुभयो ।

प्रधानाध्यापक महताराका अनुसार सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण प्रणाली लागू भएसँगै विद्यार्थीलाई पाठ्यवस्तु दृश्य सामग्री, भिडियो तथा डिजिटल प्रस्तुतीकरणमार्फत सहज रूपमा बुझाउन सकिने भएको छ। यसले विद्यार्थीको सिकाइ उपलब्धि बढाउनुका साथै कक्षाकोठालाई थप आकर्षक र प्रभावकारी बनाउने विश्वास विद्यालयले लिएको छ । 

स्मार्ट बोर्डको प्रयोगसँगै शिक्षकहरूले आधुनिक प्रविधिको उपयोग गरी अन्तरक्रियात्मक ढंगले पठनपाठन सञ्चालन गर्न थालेका छन्। यसबाट विद्यार्थीमा सिकाइप्रतिको रुचि वृद्धि हुने र डिजिटल शिक्षामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।सर्केगाड गाउँपालिकाले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले स्मार्ट बोर्ड उपलब्ध गराएको हो । विद्यालयले आगामी दिनमा पनि सूचना प्रविधिको अधिकतम उपयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।