नेभिगेशन
हातेमालो

साप्ताहिक रेडियो कार्यक्रम हातेमालो त्रिसठ्ठी अंक (63th Episode of Hatemalo 2083-04-16)

कृषि गणना २०७८ अनुसार १० वर्षमा तीन लाख सात हजार हेक्टर खेतीयोग्य क्षेत्रफल घटेको छ । नेपालमा जम्मा ४१,३०३०,७८९ कृषक परि वारले २२ अर्ब २२ करोड १८ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य भैरहेको छ । तर पछिल्लो दश वर्षमा ३ लाख ७ हजार २२९ हेक्टरका दरले खेती गर्ने जमिन घट्दै गएको छ ।  कृषि क्षेत्रमा काम गर्ने परिवारको संख्या नेपालमा ६२ प्रतिशत छ । तर आप्mनो आम्दानीले वर्षभरी खान पुग्ने कृषकको संख्या ४५ प्रतिशत मात्र छ । यो तत्थ्यांक भने हुम्ला जिल्लामा अँझ कम छ । 

कूल जनसंख्याको ९० प्रतिशतको हाराहारीमा हुम्लाका नागरिकको प्रमुख पेशाका कृषि हो । तर पछिल्लो समय कृषि क्षेत्रमा आएको वायुमण्डलको तापमानमा वृद्धि, कृषि प्रविधिमा आएको प्रविधिगत भिन्नता लगायतका कारण परम्परागत रुपमा फल्दै आएका रैथाने बालीहरु कोदो, कागुनु, चिनो, फापर, मार्से, विभिन्न प्रजातीका धान, गहुँ, जौ उवा लोपहुदैं गएका छन् । मानव शरिरको लागि आवश्यक पोषण तत्वका हिसाबले निकै महत्वपूण मानिने रैथाने बाली बढ्दो मौशममा आएको बढ्दो परिवर्तन र घट्दो उत्पादनले पनि लोप हुदैं जान थालेका छन् । यसलाई कसरी बचाई राख्न सकिन्छ । कृषि क्षेत्रमा बढ्दो जलवायूपरिवर्तनको असरलाई कम गर्न हाम्रो खेतीपातिलाई कसरी जलवायु उत्थानशिल बनाउने र हाम्रो दैनिक जीवन कसरी चलिरहेको छ भन्ने बारेमा जानकारी दिन हामीले यो कार्यक्रम नियमित रुपमा प्रसारण गरिरहेका छौं । 

कार्यक्रम हातेमालोको आजको अंकलाई हामीले मानव स्वास्थ्यका बारेमा जानकारी दिने अंकका रुपमा तयार पारेका छौं । वर्षायाम लागेसँगै पानीका मुहानहरु धमिलिने, कहिले जाडो त कहिले गर्मी हुने हुनाले गाउँघर तिर हावापानीसँग सम्बन्धित रोगका कारण स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेका खबरहरु अइरहेका छन् । वास्तवमा गाउँको अवस्था के छ ? के बाहिर भनिए जसरी बिरामीको संख्या बढेकै हो त ? स्थानीय स्वास्थ्य संस्थाको अवस्था के छ ? भनेर चर्चा गर्ने माध्यमका रुपमा यो कार्यक्रम केन्द्रीत गरेका छौं । यसका लागि आजको कार्यक्रममा हामीले खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकी इन्चार्ज दिपकली फडेरासँग संवाद गरेका छौं । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै