नेभिगेशन
नाम्खा

हिल्सा प्रहरी चौकी सुटुक्क सिमकोट फिर्ता : सशस्त्र सिमा सुरक्षामै खटिने

नेपाल–चीन सिमानाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मि सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो ।

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत १२ जना प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएका हुन् । तापक्रम माइनस डिग्रीमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरीचौकी सदरमुकाम सिमकोट फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

हिल्सा प्रहरी चौकीका प्रहरी निरीक्षक जंगबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मंगलबार सदरमुकाम सिमकोट सारिएको हो ।
यस अघि सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भइसकेको थियो भने हिल्सा नाकामा खटिएको प्रहरीचौकी मंगलबार सीमा छोडेर जिल्ला सदरमुकाम सिमकोट पुगेको छ । चिसोका कारण सदरमुकाम सिमकोट आइपुगेका प्रहरीचौकी जेठ महिनामा फिर्ता हुनेभएका छन् ।

यस्तै चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी टोली चिसो बढेपनि सिमा सुरक्षामै खटिने भएका छन् । सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सदरमुकाम सिमकोट सारिए पनि सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेका २२ जना उतै बस्ने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ ।
बसाइ सराईले रित्तियो हिमालपारीको जाङ गाउँ 

बसाइ सराईले रित्तियो हिमालपारीको जाङ गाउँ 

एक वर्ष अघि चार घरधुरीको बसोबास रहँदै आएको जाङ गाउँ यो वर्ष खाली भएर शून्य रहेको छ । जाङ गाउँका स्थानीयले सुविधाको खोजीमा काठमाण्डौ, सुर्खेत, नेपालगञ्ज लगायतका शहरमा...
भर्खरै