नेभिगेशन
नाम्खा

हिल्सा प्रहरी चौकी सुटुक्क सिमकोट फिर्ता : सशस्त्र सिमा सुरक्षामै खटिने

नेपाल–चीन सिमानाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मि सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो ।

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत १२ जना प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएका हुन् । तापक्रम माइनस डिग्रीमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरीचौकी सदरमुकाम सिमकोट फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

हिल्सा प्रहरी चौकीका प्रहरी निरीक्षक जंगबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मंगलबार सदरमुकाम सिमकोट सारिएको हो ।
यस अघि सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भइसकेको थियो भने हिल्सा नाकामा खटिएको प्रहरीचौकी मंगलबार सीमा छोडेर जिल्ला सदरमुकाम सिमकोट पुगेको छ । चिसोका कारण सदरमुकाम सिमकोट आइपुगेका प्रहरीचौकी जेठ महिनामा फिर्ता हुनेभएका छन् ।

यस्तै चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बिओपी टोली चिसो बढेपनि सिमा सुरक्षामै खटिने भएका छन् । सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सदरमुकाम सिमकोट सारिए पनि सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेका २२ जना उतै बस्ने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

नाम्खा गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्मार्ट बोर्ड तथा कम्प्युटर ल्याब मार्फत विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पाद्मा लामाले जानकारी दिनुभयो । 
महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

विद्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विद्यालयको कुल आम्दानी २ करोड १ लाख ४८ हजार २ सय ८८ रुपैयाँ २७ पैसा रहेको छ। सो अवधिमा कुल खर्च १...
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ ।