नेभिगेशन
अदानचुली

कुकर पड्किदा एकजना गम्भीर घाइते

हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिका वडा तीनका एक जना खाना पकाई रहेको कुकर पड्किदा गम्भीर घाइते भएका छन् ।

मंगलबार साँझ आफ्नै घरमा खाना पकाई रहेको अबस्थामा वासर फुत्कीएर कुकर पड्किदा वडा तीनका देउलु रोकाया गम्भीर घाइते भएका हुन् ।

कुकर पड्कीदा रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाईते रोकायाका छोरा निर्प रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वासर चुटिएको रहेछ बुवाले हेर्नु भएनछ बेस्सरी आगो बले पछी ढकन फुत्कीएर बुवाको टाउकोमा लागेछ” । अरु कुनै क्षती नभएको भएपनि टाउँकोमा गम्भीरचोट लागेको छ । ”

टाउकाको हड्डीमा गम्भीर चोट लागे पछि श्रीनगर स्वास्थ्य चौकीमा उपचारको लागि लिएको भएपनि चोट गम्भीर भए पछि रिफरको लागि मंगलबार रातीनै बाजुराको धुलाचौर पुर्याईएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले बताउनुभयो । उहाँले भन्नुभयो “टाउकोमा गम्भीर चोट लागेको छ हड्डीनै भाँचीए जस्तो छ यहाँ चेकजाँच गर्ने साधन नै छैन यहाँ नसकीने भयो त्यसैले रातीनै रिफर गरेका छौ” ।

घाइते रोकायालाई अहिले विहान बाजुराको कोल्टी बिमानस्थलबाट सुर्खेत वा नेपालगञ्ज लिने तयारी भहिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
भिरबाट लडेर पुरुषको मृत्यु

भिरबाट लडेर पुरुषको मृत्यु

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...