नेभिगेशन
नाम्खा

नाम्खा गाउँपालिकाले तयार पार्यो पर्यटन गुरुयोजना

हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले पर्यटन गुरुयोजनाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। प्रशस्त पर्यटनको सम्भावना भएका कारण यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना तयार गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

पर्यटन क्षेत्रको धेरै सम्भावना भएको कारण, त्यसको विकास, प्रवर्द्धन र प्रचार–प्रसारका लागि नाम्खा गाउँपालिकाले पर्यटन गुरुयोजना तयार पारी अन्तिम चरणमा पुर्‍याएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए।

गुरुयोजनाले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नाम्खामा पर्यटकहरुलाई आर्कषण गर्न सहयोग पुग्ने अध्यक्ष लामाले दावी गरे।

तयार भएको गुरुयोजनामा विज्ञको राय सुझाव लिने कार्य पनि सम्पन्न भएको र अब गाउँ कार्यपालिकाको बैठकले पारित गरेर गुरुयोजना कार्यान्वयनमा जाने उनले बताए।

झरना, रक क्लाइमिङ, नदीनाला, ताल तलैया, नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन, जंगली जनावर, लिमी भ्याली, चीनसँगको हिल्सा, एक हजार दुई सय वर्ष पुरानो हल्जी गुम्वा, लिमीको सँस्कृति, नेलु र बहुपति प्रथा, लिमीको संस्कृति लगायतले पर्यटकहरुलाई आकर्षित गर्ने गाउँपालिकाको अपेक्षा छ।

हुम्लाका सात वटा गाउँपालिकामध्ये नाम्खा गाउँपालिका पर्यटन क्षेत्र सम्बन्धी गुरुयोजना बनाउने पहिलो हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

नाम्खा गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्मार्ट बोर्ड तथा कम्प्युटर ल्याब मार्फत विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पाद्मा लामाले जानकारी दिनुभयो । 
महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

विद्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विद्यालयको कुल आम्दानी २ करोड १ लाख ४८ हजार २ सय ८८ रुपैयाँ २७ पैसा रहेको छ। सो अवधिमा कुल खर्च १...
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ ।