नेभिगेशन
नाम्खा

हिल्सामा पहिरो जाँदा पाइपलाइन बगायो, खानेपानीको समस्या

चीनसँग सिमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएको छ । हिल्साको नौमुलेमा रहेको मुहानमा माथिबाट आएको पहिरोले पाइप लाइन बगाउँदा खानोपानीको समस्या निम्तीएको छ ।

शुक्रवार बेलुका खानेपानीको मुहान रहेको नौमुलेमा माथिबाट आएको पहिरोले सबै पाइप लाइन बगाएको हिल्साका होटेल व्यवसायी सन्डुप लामाले बताए । चीनसँगको सिमाना पर्ने हिल्सामा पहिरो जाँदा नब्बे घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको पाइप लाइन बगाउँदा पानीको समस्या भएको लामाले बताए । माथिबाटै धलिो पानी बगेर आएको हुनाले आकाशबाट आएर टिनबाट तैरिएको पानी थापेर खानुपर्ने अवस्था रहेको लामाले जानकारी दिए । खोलाको वहाव बढेको छ, पानी लिन जानलाई समस्या हुनुका साथै पुरै खोला धमिलो आईरहेको उनेको भनाई छ । शुक्रबार देखि अहिले सम्म धमिलो पानी आउन नरोकिएको उहाँले बताउनुभयो । पहिरो रोकिएपनि धमिलो पानी आउने कार्य अझै नरोकिएको उनले बताए ।

अहिलेसम्म ट्याङ्की भएका घरमा जम्मा रहेको पानीले चले पनि ट्याङ्की नभएका घरलाई भने समस्या सुरु भएको छ ।

यता सिमा सुरक्षा प्रहरी चौकी ( विओपी ) का सुरक्षाकर्मीले पनि पहिले ट्याङ्कीमा भएको पानी प्रयोग गरि रहेको र दुई दिनपछि समस्या हुने देखिएको छ ।

बस्ती तलको कर्णाली नदीको पानी पहिरोले धमिलो भएको कारण पिउन योग्य नरहेको उहाँले बताउनुभयो । पहिरोले खानेपानीका पाईप लाइनका साथै बीस मिटर भन्दा बढी कर्णाली करिडोरको हिल्साको सडक पनि भत्काएको छ । पहिरोको लेदो धेरै भएको कारण तत्तकाल त्यसलाई मर्मत गर्न सकिने अबस्था नरहेको सुरक्षा चौकीले जनाएको छ ।

हाल हिल्सामा २२ जना सर्वसाधारण र १५ जनासिमा सुरक्षा चौकीका सुरक्षाकर्मी बस्दै आएका छन् । पहिरोवाट भएको क्षेतीको बिबरण भने आएको छैन ।

२०७० सालको साउन महिनामा सोही स्थानमा पहिरो आउदा चार जनाको मानवीय क्षेती भएको थियो भने घरहरु बगाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

नाम्खा गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्मार्ट बोर्ड तथा कम्प्युटर ल्याब मार्फत विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पाद्मा लामाले जानकारी दिनुभयो । 
महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

विद्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विद्यालयको कुल आम्दानी २ करोड १ लाख ४८ हजार २ सय ८८ रुपैयाँ २७ पैसा रहेको छ। सो अवधिमा कुल खर्च १...
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ ।
भर्खरै