नेभिगेशन
खार्पुनाथ
खार्पुनाथ गाउँपालिका

घरको छतबाट लडेकी महिलाको हेलिकप्टरद्वारा उद्वार

हुम्ला । घरको छतबाट लडेर सक्त घाइते भएकी एक जना महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उद्धार गरिनेमा खार्पुनाथ गाउँपालिका वडा नम्वर ४ स्थित नल्ला गाउँकी ३५ वर्षीया विमा शाही रहेकी छन् ।

शुक्रबार विहान आफ्नै घरको छतबाट लडेर सक्त घाइते भएकी शाहीलाई दिउसो जिल्ला अस्पताल हुम्लामा पुगाए पनि जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल हुम्लाले सोही दिन जिल्ला बाहिर रेफर गरेको हो ।

घरको दोस्रो तलको छतमा रहेको भर्याङमा ओर्लने क्रममा हात फुत्कीदा शाहीको दाँत झर्नुका साथै मुखमा गम्भिर चोट लागेको घाइतेका परिवारले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि आजै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलको पहलमा अपरान्ह ५ वजे नेपाली सेनाको हेलिकप्टरबाट कर्णली प्रदेश स्थित प्रादेशिक अस्पताल काला गाउँ सुर्खेत लगिएको हो।

घाइतेको उद्धारका लागि घरपरिवारले ४ लाख ६० हजारमा हेलिकप्टर रिर्जव गरेका छन भने खार्पुनाथ गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष रावलको भनाई रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...