नेभिगेशन
खार्पुनाथ

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट


सिमकोट, हुम्ला ।

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ । खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोढ ९५ लाख ५७ हजार २८८ रुपियाँको बजेट तथा कार्यक्रम गाउँसभाबाट पारित गरिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनु भयो ।

आजै खार्पुनाथ गाउँपालिकाले आगामी आवका लागि नीति तथा कार्यक्रम समेत सभामा पेश गरेर पारित गरेको थियो । यसमा पूँजीगततर्फ २१ करोड ९८ लाख रुपियाँको वजेट ल्याएर कुल वजेटको ४४ प्रतिशत वजेट बजेट छुट्याईएको छ भने चालुतर्फ २७ करोड ९७ लाख ५७ हजार २८८ रुपियाँको बजेट ल्याएर कुल वजेटको ५६ प्रतिशत वजेट छुट्याईएको छ ।

यसका लागि वजेटको श्रोतका रुपमा संघ, प्रदेश र आन्तरिक राजस्वलाई आधार मानिएको छ । नयाँ आएको बजेटले स्मार्ट गाउँपालिका, रैथाने बाली प्रर्बद्धन, माटोका छाना विहीन घर निर्माण जस्ता नयाँ कार्यक्रमहरु समेटेको गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष भरतजंग शाहीले बताउनु भयो ।

वजेट भाषण गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहले प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा सभाका सदस्यहरुको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप खार्पुनाथ
पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

पौडी खेल्न गएका खार्पुनाथका दुई बालबाबालिका कर्णालीमा बेपत्ता

वडा अध्यक्ष जयबहादुर शाहीका अनुसार लालि गाउँका रामचन्द्र रावलका अन्दाजी १४ वर्षको छोरा प्रशान्त रावल र बिर्ख शाहीकी अन्दाजी १३ वर्षकी छोरी अनु शाही बेपत्ता भएका हुन् ।
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...