नेभिगेशन
अर्थ

सिमकोटका मासु पसलको अनुगमन

सिमकोट । दशैंको मुखमा हुम्ला सदरमुकाम सिमकोट बजारमा भएका मासु पसलको अनुगमन गरिएको छ । उ

जिल्लाका पभोक्ताहरुलाई स्वच्छ मासु बिक्री वितरणकका लागि जिल्ला प्रशासन कार्यालयमार्फत बजारको अनुगमन गरिएको हो । 

आज (आईतबार) बिहान सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीको नेतृत्वमा मासु पसलको अनुगमन गरिएको हो । सिमकोट बजारमा रहेका मासु पसलमा अनुगमन गर्दा ब्यापारीले पसलको सरसफाईमा ध्यान नदिएको बताइएको छ ।  मासु पसलको अनुगमनका क्रममा दिईएका सल्लाहमा  बर्गिकरण अनुसार मासुको रेट नराखेको पाईएको थियो । अनुगमनकै क्रममा मासु पसलको साईनबोट समेत नराखेको  पाईएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो । 
 
'पसलहरुमा सरसफाईलाई ध्यान नदिएको पाइयो । हामीले त्यसमा ध्यान दिन सुझाव दिएका छौं', सहायक प्रमुख जिल्लाअ धिकारी सुवेदीले भन्नुभयो, 'सबै पसललाई बजार मूल्य अनुसारको मूल्य सूचि समेत देखिने स्थानमा टाँसन टोलीको तर्फबाट सुझाव दिने काम भएको छ ।' 

 अहिले सिमकोट बजारका रविन स्वच्छ मासु पसल, बिद्यामिट कटिङ सेन्टर, रावत स्वच्छ मासु पसलले मासु बिक्री गदै आएका छन । 

उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा मासु पसलको अनुगमन गरिएको हो । अनुगमनमा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया, उद्योग बाणिज्य संघ, कृषि बिकास कार्यालय का प्रतिनिधिहरुको उपसिथती रहेको थियो । अनुगमनका क्रममा मापदण्ड अनुसार मासु बिक्रि बितरण गर्न निर्देशन दिईएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

हुम्लाका स्याउलाई बजार आउन भदौ पहिलो साता लाग्ने (बैठकको निर्णय हेर्नुहोस्)

‘हुम्लाको मौशम र यहाँ फल्ने स्याउँको प्रजातीका आधारमा पनि वुटाबाट निकाल्ने र बजारमा विक्रि वितरणका लागि स्याउ लैजाने उपयुक्त समय भनेकै भदौ महिनाको पहिलो सातापछि हो’, कृषि विकास...
महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

महाअष्टमीको अवसरमा हुम्लाका ६२ घरधुरीलाई खाद्यन्न वितरण (भिडियोसहित) 

गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न् बाली नपाक्दा खाद्यन्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल...