नेभिगेशन
राजनीति

सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोचाई बदल्नुपर्दछ; मुख्यमन्त्री कडेल

रुकुम पश्चिम ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताउनु भएको छ ।

मुसिकोटमा आयोजित नेकपा (एमाले) कार्यकर्ता भेलालाई संवोधन गर्दे पार्टी स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कडेलले भन्नुभयो, सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने धारणा छ, त्यसलाई अब बदर्लौ, बदल्न सकिएन भने हाम्रो अवस्था पनि बदलिदैन ।
 

योजना छनौटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना र्बैक वा क्रमशः कानून बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै  मुख्यमन्त्री कडेलले  पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृतिलाई आफनो नेतृत्वको सरकारले रोक्ने धारणा राख्नुभयो । सरकारी योजना छनौट गर्दा जनताले राहत महशुस नगर्ने तर कार्यकर्ताको मात्र चित्त बुझाउने गरि योजना छान्ने प्रवृतिलाई आफूले रोक्ने अभियानमा लागेको मुख्यमन्त्री कंडेललेको धारणा थियो ।  

परिर्वतित सन्र्दभमा शक्ति र शासन देखाइएर सत्ता टिकाउने जामाना गईसकेको बताउदै मुख्यमन्त्री कडेलले बजेट ल्याईदिन्छु, योजना पारिदिन्छु भनेर नक्कली कुरा गरेर पार्टी राजनीति नगर्न कार्यकर्तालाई सुझावसमेत दिए । बजेटको कुरा गरेर जनतालाई क्षणिक रुपमा अल्मल्याउन सकिन्छ होला मुख्यमन्त्री कडेलले भने, तर राम्रो नीति र कानून बनाउदा त्यसको लाभ दिर्घकालीन रुपमा सबै नागरिक पाउछन र सरकारप्रति भरोसा बढ्छ ।  

सरकारले विनियोजन गरेका बजेटलाई व्यक्ति बिशेषको योजना बनाउने परिपाटीप्रति खवरदारी गर्न पनि मुख्यमन्त्री कडेलले कार्यकर्तालाई आव्हान गर्नुभयो । योजना र बजेटका लागि पहल जसले पनि गर्न सक्छ पहल गर्नेसबैलाई धन्यवाद दिनुहोस मुख्यमन्त्री कडेलले भन्नुभयो, तर ति योजनाहरु पहल गर्नेका होइनन नागरिकका हुन भनेर तपाईहरुले बुझाउन प्रयत्न गर्नुहोस ।  

एक अर्को प्र्रसङ्गमा मुख्यमन्त्री कडेलले राजनीतिलाई कुनै पेशा वा व्यवसाय नबनाई समाज सेवा गर्ने साधनको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । राजनीतिमा लागेर के पाइयो भन्ने वितृष्णा पैदा हुने प्रचलन रहेको तर्फ सकेत गर्दे मुख्यमन्त्री कंडेलले राजनीतिमा निष्ठा, सर्मथन र त्यागसहितको सेवाभाव अझै जरुरी उहाँको भनाई थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...
हुम्ला पुगेकी राज्य मन्त्री गमता विकको अनुभूतीः  'माथिल्लो कर्णालीको विकास गर्न धेरै बाँकी रहेछ'

हुम्ला पुगेकी राज्य मन्त्री गमता विकको अनुभूतीः  'माथिल्लो कर्णालीको विकास गर्न धेरै बाँकी रहेछ'

कर्णालीका दश जिल्लामध्ये पहिलो पटक हुम्ला पुगेको बताएकी राज्यमन्त्री विकले देश संघीय संरचनामा गएपछि केहि विकासे गतिविधिले तिब्रता लिएको देखिएपनि जुन रुपमा तिनै तहका सरकारबाट विकास हुनुपर्ने हो...
हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

पुर्व प्रधानमन्त्री एबम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । देशै भर दिउँसो ३ बजेदेखि एमालेको...
नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेपाल कम्युनिष्ठ पार्टी एमाले हुम्लाका उम्मेदवार दल फडेराले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च सार्वजनिक गर्नु भएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारको...