नेभिगेशन
समाज

प्रेस चौतारी नेपाल हुम्लाले लगाएको ताला एक महिनापछि खुल्यो

सिमकोट । प्रेस चौतारी नेपाल हुम्ला शाखाले भदौ ३१ गते सोमबार नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कार्यालयमा लगाएको ताला आज खुलेको छ । प्रेस चौतारी हुम्लामा आवद्ध सञ्चारकर्मीको सदस्यता छुटाएको भन्दै एक महिना अघि महासंघको कार्यालयमा ताला लगाइएको थियो ।

चौतारी हुम्लाले दिएको सदस्यता विवरण सबैको आउने भएपछि महासंघ हुम्ला र चौतारी हुम्ला विच सहमती भएपछि आज ताला खुलाइएको जानकारी प्राप्त भएको छ । भदौ २९ गते शनिबार बेलुका नेपाल पत्रकार महासंघ केन्द्रले सार्वजनिक गरेका सदस्यता विवरणमा प्रेस चौतारी नेपालको हुम्ला शाखाका सदस्यहरुको नाम हटाएको भन्दै ताला लगाइएको थियो । असोज १६ गते महासंघको केन्द्रिय भेलाले जिल्ला शाखा हुम्लाबाट पठाएका सबैको सदस्यता नछुटाउने भएको सहमती अनुसार आज ताला खोलिएको प्रेस चौतारी जिल्ला शाखा हुम्लाका अध्यक्ष नन्द सिंहले बताउनुभयो । दुई पक्ष विच भएको सहमतीका आधारमा आज ताला खोलिएको चौतारी हुम्ला अध्यक्ष सिंहले बताउनुभयो ।

महासंघमा लगाएको ताला खुलाउन चौतारीको तर्फबाट अध्यक्ष सिंह, कोषाध्यक्ष बेलुमाया महतारा, सुरेश परियार र महासंघको तर्फ जिल्ला अध्यक्ष राजन रावत, सदस्य लोग भण्डारीको उपस्थितमा खोलिएको जानकारी प्राप्त भएको छ । प्रेश चौतारीले राख्दै आएका मागहरु राष्ट्रिय भेलाले पुरा गर्ने परिपत्र जिल्ला शाखालाई पठाएपछि कार्यालयमा लागेको तालो खोलिएको हो । अब शाखाले आगामी मंसीर २८ गते हुन लागेको निर्वाचनका लागि निर्वाचन मण्डल गठन गरेर केन्द्रले बताउने तयारी गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।