नेभिगेशन
समाज

प्रेस चौतारी नेपाल हुम्लाले लगाएको ताला एक महिनापछि खुल्यो

सिमकोट । प्रेस चौतारी नेपाल हुम्ला शाखाले भदौ ३१ गते सोमबार नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कार्यालयमा लगाएको ताला आज खुलेको छ । प्रेस चौतारी हुम्लामा आवद्ध सञ्चारकर्मीको सदस्यता छुटाएको भन्दै एक महिना अघि महासंघको कार्यालयमा ताला लगाइएको थियो ।

चौतारी हुम्लाले दिएको सदस्यता विवरण सबैको आउने भएपछि महासंघ हुम्ला र चौतारी हुम्ला विच सहमती भएपछि आज ताला खुलाइएको जानकारी प्राप्त भएको छ । भदौ २९ गते शनिबार बेलुका नेपाल पत्रकार महासंघ केन्द्रले सार्वजनिक गरेका सदस्यता विवरणमा प्रेस चौतारी नेपालको हुम्ला शाखाका सदस्यहरुको नाम हटाएको भन्दै ताला लगाइएको थियो । असोज १६ गते महासंघको केन्द्रिय भेलाले जिल्ला शाखा हुम्लाबाट पठाएका सबैको सदस्यता नछुटाउने भएको सहमती अनुसार आज ताला खोलिएको प्रेस चौतारी जिल्ला शाखा हुम्लाका अध्यक्ष नन्द सिंहले बताउनुभयो । दुई पक्ष विच भएको सहमतीका आधारमा आज ताला खोलिएको चौतारी हुम्ला अध्यक्ष सिंहले बताउनुभयो ।

महासंघमा लगाएको ताला खुलाउन चौतारीको तर्फबाट अध्यक्ष सिंह, कोषाध्यक्ष बेलुमाया महतारा, सुरेश परियार र महासंघको तर्फ जिल्ला अध्यक्ष राजन रावत, सदस्य लोग भण्डारीको उपस्थितमा खोलिएको जानकारी प्राप्त भएको छ । प्रेश चौतारीले राख्दै आएका मागहरु राष्ट्रिय भेलाले पुरा गर्ने परिपत्र जिल्ला शाखालाई पठाएपछि कार्यालयमा लागेको तालो खोलिएको हो । अब शाखाले आगामी मंसीर २८ गते हुन लागेको निर्वाचनका लागि निर्वाचन मण्डल गठन गरेर केन्द्रले बताउने तयारी गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
भर्खरै