नेभिगेशन
समाज

लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण

सिमकोट । हिमालपारिको गाउँले परिचीत लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न नहुने हुँदा उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमी स्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । 

    कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक हुनुका साथै हिउँद यामका महिनामा राशनको समेत समस्या हुने हुँदा वर्षेनी लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताउनुभयो ।

    सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा वर्षेनी स्थान्तरण गर्नुपर्ने प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् । 

   गतवर्षको कात्तिक महिना १४ गते सिमकोट झरेपनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

   नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोक बहादुर खत्री केसीको नेतृत्वमा खटिदैँ आएको सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको जानकारी प्राप्त भएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा दोस्रो पटक हिमपात

हुम्लामा दोस्रो पटक हिमपात

गएको वर्ष कार्तिक,मंसिर, पुष महिनाबाट सुरु हुने हिमपात यस वर्ष माघ महिनाबाट हिमपात हुन थालेका हो । गत माघ ९ गते पहिलो पटक हुम्लामा हिमपात भएको थियो भने...
निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय गरेको छ ।
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भर्खरै