नेभिगेशन
समाज

लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण

सिमकोट । हिमालपारिको गाउँले परिचीत लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न नहुने हुँदा उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमी स्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । 

    कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक हुनुका साथै हिउँद यामका महिनामा राशनको समेत समस्या हुने हुँदा वर्षेनी लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताउनुभयो ।

    सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा वर्षेनी स्थान्तरण गर्नुपर्ने प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् । 

   गतवर्षको कात्तिक महिना १४ गते सिमकोट झरेपनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

   नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोक बहादुर खत्री केसीको नेतृत्वमा खटिदैँ आएको सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको जानकारी प्राप्त भएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।