नेभिगेशन
समाज

दक्षिण भेगका चार गाउँपालिकामा अनुदानको नुन वितरण सुरु

सिमकोट । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय हुम्लाले दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारीको आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण कार्य सुरु गरेको छ । 

     शुक्रबार पहिलो दिन जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको २,३ र पालिका केन्द्र बाहेक अन्य ६ वटा वडाका नागरीकलाई नागरीकलाई नुन वितरण गरिएको साल्ट टेण्ड्रिङ कर्पोरेसन शाखा कार्यालय सिमकोटका प्रमुख राज बहादुर लामाले बताउनुभयो । २ नम्बर रीप र तीन नम्बर उनापानी गाउँमा जाने बाटो विग्रेका कारण वितरण हुन नसकेको हो । पालिकाका अन्य सबै वडाका प्रत्येक घरधुरीलाई नुन वितरण गरिएको प्रमुख लामाले सर्केगाडबाट जानकारी दिनुभयो । 

    १५ देखि ३० प्याकेटका दरले नुन वितरण गरिएको बताइएको छ । वडामा कम घरधुरी भएकालाई ३० प्याकेट र बढी घरधुरी भएका वडालाई १५ प्याकेट जनसंख्याकामा आधारमा वितरण गरिएको हो । साल्ट टेण्ड्रिङ कर्पोरेसन शाखा कार्यालयले नुन लिन पुग्दा सम्बन्धित वडाको सिफारीको आधारमा नुन वितरण गरिरहेको बताएको छ । दक्षिण भेगका चारवटा गाउँपालिकामा नुन वितरणका लागि साल्ट टेण्ड्रिङ कर्पोरेसन शाखा कार्यालयका कर्मचारी स्वयम आफै पुगेर वितरण गरिरहेका छन् । 

   हुम्लामा साल्ट टेण्ड्रिङ कर्पोरेसन शाखा कार्यालयले अनुदानमा एक प्याकेट नुनको रु नौ रुपियाँमा वितरण गर्दै आएको छ । शुक्रबार वडा–१ लाई असी क्विइन्टल, चारलाई ५१ क्विइन्टल, पाँचलाई पचास क्विइन्टल, ६ लाई ५१ क्विइन्टल, सातलाई ५७ क्विइन्टल र आठ नम्बर वडालाई ५१ क्विइन्टल वितरण गरिएको हो । शुक्रबार मात्रै तीनसय चालीस क्विइन्टल वितरण भएको छ । भने सर्केगाड गाउँपालिकाका लागि लागि पाँच सय क्विइन्टल वितरण गरिने भएको छ । भने साथै चंखेली ४ सय, ताँजकोट चार सय र अदानचुली गाउँपालिकामा पाँच सय क्विइन्टल नुन वितरण गरिने भएको छ । क्रमश दक्षिण भेगका गाउँपालिकामा नुन वितरण गरिदै जाने भएको प्रमुख लामाले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, राष्ट्यि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजना,...
मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

लामो समय खडेरी परेको वेला आजदेखि मौशममा फेरबदल आएको छ । सोमबार राती देखि जिल्ला सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा आएको मौशममा परिवर्तन आएका कारण जिल्लामा निकै जाडो बढेको...
जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

मौषममा परिवर्तन भएदेखी विगत केही दिनदेखि ज्वरो, रुघाखोकी, दम, टाइफाइड जस्ता रोगका बिरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ ।