नेभिगेशन
समाज

दक्षिण भेगका चार गाउँपालिकामा अनुदानको नुन वितरण सुरु

सिमकोट । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय हुम्लाले दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारीको आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण कार्य सुरु गरेको छ । 

     शुक्रबार पहिलो दिन जिल्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाको २,३ र पालिका केन्द्र बाहेक अन्य ६ वटा वडाका नागरीकलाई नागरीकलाई नुन वितरण गरिएको साल्ट टेण्ड्रिङ कर्पोरेसन शाखा कार्यालय सिमकोटका प्रमुख राज बहादुर लामाले बताउनुभयो । २ नम्बर रीप र तीन नम्बर उनापानी गाउँमा जाने बाटो विग्रेका कारण वितरण हुन नसकेको हो । पालिकाका अन्य सबै वडाका प्रत्येक घरधुरीलाई नुन वितरण गरिएको प्रमुख लामाले सर्केगाडबाट जानकारी दिनुभयो । 

    १५ देखि ३० प्याकेटका दरले नुन वितरण गरिएको बताइएको छ । वडामा कम घरधुरी भएकालाई ३० प्याकेट र बढी घरधुरी भएका वडालाई १५ प्याकेट जनसंख्याकामा आधारमा वितरण गरिएको हो । साल्ट टेण्ड्रिङ कर्पोरेसन शाखा कार्यालयले नुन लिन पुग्दा सम्बन्धित वडाको सिफारीको आधारमा नुन वितरण गरिरहेको बताएको छ । दक्षिण भेगका चारवटा गाउँपालिकामा नुन वितरणका लागि साल्ट टेण्ड्रिङ कर्पोरेसन शाखा कार्यालयका कर्मचारी स्वयम आफै पुगेर वितरण गरिरहेका छन् । 

   हुम्लामा साल्ट टेण्ड्रिङ कर्पोरेसन शाखा कार्यालयले अनुदानमा एक प्याकेट नुनको रु नौ रुपियाँमा वितरण गर्दै आएको छ । शुक्रबार वडा–१ लाई असी क्विइन्टल, चारलाई ५१ क्विइन्टल, पाँचलाई पचास क्विइन्टल, ६ लाई ५१ क्विइन्टल, सातलाई ५७ क्विइन्टल र आठ नम्बर वडालाई ५१ क्विइन्टल वितरण गरिएको हो । शुक्रबार मात्रै तीनसय चालीस क्विइन्टल वितरण भएको छ । भने सर्केगाड गाउँपालिकाका लागि लागि पाँच सय क्विइन्टल वितरण गरिने भएको छ । भने साथै चंखेली ४ सय, ताँजकोट चार सय र अदानचुली गाउँपालिकामा पाँच सय क्विइन्टल नुन वितरण गरिने भएको छ । क्रमश दक्षिण भेगका गाउँपालिकामा नुन वितरण गरिदै जाने भएको प्रमुख लामाले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।