नेभिगेशन
समाज

सिमकोटमा मनाइयो दशौं योग दिवस

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दशौँं राष्ट्रिय योग दिवस एक कार्यक्रम गरी मङ्गबार विहान मनाइएको छ । “स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग” भन्ने नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाको आयोजनामा राष्ट्रिय योग दिव पनि मनाइएको जानकारी प्राप्त भएको छ । पतंजलि योग समिति हुम्लाका जिल्ला अध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा योग दिवस मनाइएको हो । साथै महिला पतंजलि योग समितिका अध्यक्ष मधु बस्नेत शाहीले योग दिवस मनाउनु भनेको आफ्नो शरीरको योग र आयुर्वेदको क्षेत्र विकसित हुने बताउनुभयो । शारीरिक र मानसिक रूपले स्वस्थ रहनका लागि योग महत्ववपूर्ण माध्यम भएको शाही बस्नेतले बताउनभयो । 

स्वास्थ्य लाभ, मानसिक शान्तिका लागि योग अभ्यास गर्नेको लागि सबैले योग गर्नु अहिलेको आवश्यकता भएको आग्रह गर्नुभयो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग  थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुुरु भएको हो । सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मी,नेपाल रेडक्रश शोसाईटी र संचारकर्मीहरु लगायतको उपस्थित रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय गरेको छ ।
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

लामो समय खडेरी परेको हुम्लामा पश्चिमी वायूका कारण अहिले ९ बजेबाट हुम्लामा हिउ पर्न सुरु गरेको छ ।
भर्खरै