नेभिगेशन
समाज

सिमकोटमा मनाइयो दशौं योग दिवस

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दशौँं राष्ट्रिय योग दिवस एक कार्यक्रम गरी मङ्गबार विहान मनाइएको छ । “स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग” भन्ने नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाको आयोजनामा राष्ट्रिय योग दिव पनि मनाइएको जानकारी प्राप्त भएको छ । पतंजलि योग समिति हुम्लाका जिल्ला अध्यक्ष मान बहादुर रावतको अध्यक्षतामा योग दिवस मनाइएको हो । साथै महिला पतंजलि योग समितिका अध्यक्ष मधु बस्नेत शाहीले योग दिवस मनाउनु भनेको आफ्नो शरीरको योग र आयुर्वेदको क्षेत्र विकसित हुने बताउनुभयो । शारीरिक र मानसिक रूपले स्वस्थ रहनका लागि योग महत्ववपूर्ण माध्यम भएको शाही बस्नेतले बताउनभयो । 

स्वास्थ्य लाभ, मानसिक शान्तिका लागि योग अभ्यास गर्नेको लागि सबैले योग गर्नु अहिलेको आवश्यकता भएको आग्रह गर्नुभयो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग  थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुुरु भएको हो । सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मी,नेपाल रेडक्रश शोसाईटी र संचारकर्मीहरु लगायतको उपस्थित रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

 सिमकोट गाउँपालिकाको आयोजनामा साउने पूर्णिमाको अवसर पारेर हुम्लाको सदरमुकाम सिमकोट बजार सहित तल्लो गाउँ र माथिल्लो गाउँमा शनिबार बिहान सरसफाइ अभियान सञ्चालन गरिएको छ । सिमकोटलाई स्वच्छ, सफा...
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
भर्खरै