नेभिगेशन
समाज

गरिबको लागी निःशुल्क निबेदन लेख्न रौतहट एसपीको निर्देशन

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेले गरीब बिपन्नको लागी निःशुल्क ठाडो निबेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका छन्।

जिल्लास्थित सम्पूर्ण प्रहरी कार्यालयहरुका प्रमुखलाई गरिब बिपन्नको लागी निःशुल्क निवेदनको व्यवस्था गरिदिन एसपी घिमिरेले निर्देशन दिएका हुन्। रौतहटस्थित जिल्ला प्रहरी कार्यालय लगायत मातहतका सम्पूर्ण प्रहरी इकाई कार्यालयहरुमा गरिब विपन्नको लागि आजदेखि निःशुल्क निवेदन लेखिने व्यवस्था हुन लागेको एसपी घिमिरेले बताएका छन्।

 ईलाका प्रहरी कार्यालय कटहरियालगायत जिल्लाको प्रायः सबै जसो थानाचौकी आसपास केहीले सानो सानो दुई लाईनको निवेदन ठाडो उजुरी लेखेको बापत गरिब विपन्न पीडितसँग ५०० रूपैयाँसम्म लिने गरेको सामाजिक सञ्जालमा गुनासो बढेपछि त्यस प्रति गम्भीर ध्यानाआकर्षण भएको बताउदै आज देखि नै निःशुल्क निवेदनको व्यवस्था सुरु गरिएको एसपी घिमिरेले जानकारी दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादका अनुसार एसपी घिमिरेको निर्देशनमा ठाडो उजुरी निबेदनको लागी एउटा फर्मेटको ढाँचा तयार गरेर जिल्लाको सम्पूर्ण प्रहरी कार्यालयहरुमा पठाई सकिएको छ। उक्त फर्मेट प्रिन्ट गराएर प्रहरीले पीडितलाई दिन्छ, पढेलेखेका भएमा आफै भरेर बुझाउँछ, नभए उक्त फर्मेट प्रहरीले नै भरेर दिन्छ। फर्मेट ठाडो उजुरी निवेदन सरह हुने इन्स्पेक्टर उमाशंकरप्रसादले जानकारी दिएका छन्।

यसरी लेखिने निवेदनकै आधारमा प्रहरीले प्रारम्भिक कार्वाही सुरुगर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहटमा घरायसी तथा सामान्य बादविवाद हुँदा पनि प्रहरी कार्यालयमा जाँदा बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउन ५०० रुपैयाँ लेखाई दिनुपर्ने बाध्यता रहेको थियो। एसपी दिलीप घिमिरेको यस पहलको जानकारहरुले खुलेरै सराहना गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, सामाजिक बिकास कार्यालयका प्रमुख, आधार बिकास कार्यालयका प्रमुखहरुको बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

खार्पुनाथ गाउँपालिका वडा नं १ को पिडामा रहेको कैलास आधारभुत बिधालयका कक्षा कोठाको अभाब भएको छ । कक्षा कोठाको अभाव हुदा पठनपाठनमा समस्या भएको प्रध्यानाध्यापक लाल बहादुर शाहीले...