नेभिगेशन
समाज

गरिबको लागी निःशुल्क निबेदन लेख्न रौतहट एसपीको निर्देशन

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेले गरीब बिपन्नको लागी निःशुल्क ठाडो निबेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका छन्।

जिल्लास्थित सम्पूर्ण प्रहरी कार्यालयहरुका प्रमुखलाई गरिब बिपन्नको लागी निःशुल्क निवेदनको व्यवस्था गरिदिन एसपी घिमिरेले निर्देशन दिएका हुन्। रौतहटस्थित जिल्ला प्रहरी कार्यालय लगायत मातहतका सम्पूर्ण प्रहरी इकाई कार्यालयहरुमा गरिब विपन्नको लागि आजदेखि निःशुल्क निवेदन लेखिने व्यवस्था हुन लागेको एसपी घिमिरेले बताएका छन्।

 ईलाका प्रहरी कार्यालय कटहरियालगायत जिल्लाको प्रायः सबै जसो थानाचौकी आसपास केहीले सानो सानो दुई लाईनको निवेदन ठाडो उजुरी लेखेको बापत गरिब विपन्न पीडितसँग ५०० रूपैयाँसम्म लिने गरेको सामाजिक सञ्जालमा गुनासो बढेपछि त्यस प्रति गम्भीर ध्यानाआकर्षण भएको बताउदै आज देखि नै निःशुल्क निवेदनको व्यवस्था सुरु गरिएको एसपी घिमिरेले जानकारी दिएका छन्। 

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादका अनुसार एसपी घिमिरेको निर्देशनमा ठाडो उजुरी निबेदनको लागी एउटा फर्मेटको ढाँचा तयार गरेर जिल्लाको सम्पूर्ण प्रहरी कार्यालयहरुमा पठाई सकिएको छ। उक्त फर्मेट प्रिन्ट गराएर प्रहरीले पीडितलाई दिन्छ, पढेलेखेका भएमा आफै भरेर बुझाउँछ, नभए उक्त फर्मेट प्रहरीले नै भरेर दिन्छ। फर्मेट ठाडो उजुरी निवेदन सरह हुने इन्स्पेक्टर उमाशंकरप्रसादले जानकारी दिएका छन्।

यसरी लेखिने निवेदनकै आधारमा प्रहरीले प्रारम्भिक कार्वाही सुरुगर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहटमा घरायसी तथा सामान्य बादविवाद हुँदा पनि प्रहरी कार्यालयमा जाँदा बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउन ५०० रुपैयाँ लेखाई दिनुपर्ने बाध्यता रहेको थियो। एसपी दिलीप घिमिरेको यस पहलको जानकारहरुले खुलेरै सराहना गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाको सिमकोटमा आजबाट भरी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु, मूल्य बढेर प्रतिलिन्डर ३ हजार २ सय रुपैयाँ

हुम्लाको सिमकोटमा आजबाट भरी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु, मूल्य बढेर प्रतिलिन्डर ३ हजार २ सय रुपैयाँ

हुम्लाको सदरमुकाम सिमकोटमा आजबाट भरी एलपी ग्यास (एलपीजी) सिलिन्डरको बिक्री–वितरण सुरु भएको छ । लामो समयदेखि ग्यास अभावका कारण उपभोक्ताले सास्ती खेपिरहेका बेला बजारमा ग्यास उपलब्ध हुन थालेपछि...
हुम्ला जिल्ला अदालतमा ७९.४१ प्रतिशत मुद्दा  फछ्यौट, सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी

हुम्ला जिल्ला अदालतमा ७९.४१ प्रतिशत मुद्दा फछ्यौट, सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी

हुम्ला जिल्ला अदालतले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेका न्यायिक तथा प्रशासनिक कार्यहरूको विवरण सार्वजनिक गरेको छ । बिहीबार पत्रकारहरूसँग आयोजित भेटघाट कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश नीलकण्ठ बरालले...
डिभिजन वन कार्यालय हुम्लाको वार्षिक समीक्षा सम्पन्न, वित्तीय प्रगति ७९.७८ प्रतिशत

डिभिजन वन कार्यालय हुम्लाको वार्षिक समीक्षा सम्पन्न, वित्तीय प्रगति ७९.७८ प्रतिशत

डिभिजन वन कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । समीक्षा कार्यक्रममा कार्यालयले चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम, वित्तीय प्रगति, वन संरक्षण,...
लाली गुराँस माध्यमिक विद्यालयमा ३० लाखको खेल मैदान र १५ लाखको घेरबार निर्माण

लाली गुराँस माध्यमिक विद्यालयमा ३० लाखको खेल मैदान र १५ लाखको घेरबार निर्माण

सर्केगाड गाउँपालिका वडा नम्बर २ लिप्ने स्थित लाली गुराँस माध्यमिक विद्यालयमा करिब ३० लाख रुपैयाँको लागतमा आधुनिक खेल मैदान निर्माण गरिएको छ ।  विद्यालयमा खेलकुदका गतिविधिलाई प्रभावकारी बनाउने...
भर्खरै