नेभिगेशन
समाज

हुम्लाको भूमि आयोग सदस्यमा सुनार र लामाः ढकाल विज्ञ सदस्यमा नियुक्त (सूचिसहित)

सिमकोट। सरकारले गठन गरेका भूमि आयोगको हुम्ला सदस्यमा तिन जना नियुक्त हुनु भएको छ । 

५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमध्ये सरकारले हुम्लाका लागि पर्वत सुनार र रिता लामालाई नियुक्त गरेको छ । यसैगरी विज्ञ सदस्यामा चन्द्रप्रसाद ढकाल (झलक) लाई नियुक्त गरेको छ । सुनार, लामा र ढकालसहित सरकारले ५१ जिल्लाका १०१ जनालाई सदस्यमा नियुक्त गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा उनीहरूलाई नियुक्त गरेका हुन् । 
 
 केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था अनुसार मन्त्री अधिकारीले शुक्रवार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरे । 
 
 सरकारले भूमि क्षेत्रका समस्याहरूलाई दिगोरुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाइ छ ।  यसअघि नै मन्त्रालयले जिल्लाहरूमा आयोगको जिल्ला समितिमा अध्यक्ष चयन गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...