नेभिगेशन
नाम्खा

गाईबस्तु चरीचराउन गर्न रोक

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले छिमेकी गाउँपालिकाका गाइवस्तु चरीचराउन गर्नमा रोक लगाएको छ । नाम्खा गाउँपालिका वडा ५ को यारी र वडा १ को धिँगा गाउँका स्थानीयले सिमकोट गाउँपालिका वडा ७ साविको डाँडाफया गाविसका चारवटा वडाका गाईवस्तुलाई कोभिड (१९) का कारण चरीचरनमा रोक लगाएको छ । छिमेकी पालिकाले गाइवस्तु चररुीचरनमा रोक लगाएको भन्दै डाडाफयाका गाइवस्तुहरु विगतका वर्षहरुमा जस्तै चरीचराउन गर्न पाउनु पर्छ भन्दै माग सम्वोधनका लागि सदरमुकाम सिमकोट पुगे थिए । 

करिव दुई सय वर्षभन्दा अगाडि देखि वर्षाको समय (यो सजिनमा ) छ महिना लेखतिर र हिउँदको छ महिना बेसीतिर पशुको चरीचरन गर्ने चलन अनुसार यो वर्ष पनि जेठ महिनाको दोस्रो हप्ता करीव तीन हजार पशुवस्तु उक्त चरन क्षेत्रतिर लिएर जाँदा सिमकोट गा.पा. वडा नं. ७ धारापोरी, चौगानफया र पाम्लाथुम गाउँका १ सय ६० घरधुरीका तीन हजारभन्दा धेरै पशुवस्तु अलपत्र परेको धारापोरी गाउँका स्थानीय दिर्घबहादुर शाहीले बताए । ह्याङसी, टौवन, कगुवा र अन्य वनहरूमा सधैं झैँ पशुवस्तु लिएर जाँदा नाम्खा गाउँपालिका वडा नं ५ यारी गाउँका स्थानीयले कोभिड (१९) सर्ने डरले आवतजावतमा रोक लगाउँदा दुई हप्तादेखि धारापोरी, चौगानफया, पाम्लाथुम गाउँका मानिस र पशुवस्तु विचबाटोमा अलपत्र परेका छन ।

पटक पटक नाम्खा गा.पा. वडा ५ का वडा अध्यक्ष र अन्य स्थानीयहरुसँग समन्वय गर्दा समस्या समाधान नभएकाले उक्त तीन गाउँका एक सय ६० घरधुरीका मानिसहरू चरीचरनका लागी पहल गरी दिन भन्दै ज्ञापनपत्र सहित सिमकोट गाउँपालिका, जिल्ला प्रसाशन कार्यालय र वन डिभिजन कार्यालय सिमकटमा पुगेका छन् ।

सिमकोट गाउँपालिका अध्यक्ष, नाम्खा गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसँग आवश्यक छलफल तथा समन्वय गरी उपयुक्त विकल्प निकाल्ने जानकारी वन डिभिजन प्रमुख निरझ झाले दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

नाम्खा गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्मार्ट बोर्ड तथा कम्प्युटर ल्याब मार्फत विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पाद्मा लामाले जानकारी दिनुभयो । 
महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

विद्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विद्यालयको कुल आम्दानी २ करोड १ लाख ४८ हजार २ सय ८८ रुपैयाँ २७ पैसा रहेको छ। सो अवधिमा कुल खर्च १...
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ ।