नेभिगेशन
समाज

तिन महिने ढाँका कपडा बुनाई तालिम सम्पन्न

सिमकोट ।  महिलालाई आत्मनिर्भर बनाउनका लागि हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालन भएको तीन महिने ढाँका कपडा बुनाई सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । गत पुस महिनाको २ गतेबाट सञ्चालन भएको उक्त तालिम आज सम्पन्न भएको हो । महिलाको सिप विकासमा सहयोग तथा महिला आत्मनिर्भर बनाउनको लागी उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले यहाँका महिलाहरुलाई तालिम प्रदान गर्दै आएको छ  । 
तीन महिने ढाँका कपडा बुनाइ तालिममा सहभागी प्रशिक्षार्थी बिष्णु रावतले यो तालिम राम्रोसँग सिकेको बताउनुभयो । यो सिप मुलक तालिम सिकेर महिलालाई आत्मनिर्भर बन्न सिकाएको र महिला सधै चुलो चौकोमा मात्र सिमित नभई यस्ता किसिमका तालिम सिक्न आवश्यक रहेको रावतले बताउनुभयो ।
 सिमकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चीन रावतले आफुले सिकेको सिपलाई व्यवसायिक बन्नुपर्ने बताउनुभयो । यसरी महिलाले आफुले बुनेको ढाँकालाई हुम्ला जिल्लामा आउने पर्यटनले चिनोको रुपमा लिने बनाउनुपर्ने अहाँको भनाई रहेको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सिमकोट गाउापालिकाका अध्यक्ष विजय भण्डारी ९प्रतिरोध० ले आफुले सिकको सिपलाई व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । यो सिकेको सिपलाई व्यवहारमा उतारी सफल वयवसायी बन्नेलाई सिमकोट गाउँपालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । साथै यस्ता किसिमका ढाँकाका कपडाहरु सिमकोट गाउँपालिकाले सिमकोटमा आउने पर्यटकलाई सम्मान गर्नका लागी खरिद गर्ने बताउनु भएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर बिष्टले यो तालिम सिकेर आय आर्जनमा जोड दिन आग्रह गनु भएको छ । यो तालिम सिमित तालिममा मात्र नरहेर आफ्नो घरमा पनी ढाँका कपडा बुनी उत्पादनमा निरन्तरता दिनमा समेत आग्रह गर्नुभएको छ । यो तिन महिने ढााका कपडा बुनाई तालिममा सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ का १२ जना महिलाको सहभागिता रहेको थियो भने सुर्खेत जिल्लाबाट कौशिला कुमारी बाह्रघरेले प्रशिक्षण गराउनु भएको थियो ।

c0142550-515a-4389-809f-842ffc710e63-1742217382.jpg

  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।