नेभिगेशन
समाज

हुम्लाबाट एसइईमा ९ सय ८८ जना परीक्षार्थी सहभागी

यस वर्षको एसइईमा हुम्लाबाट एक हजार १५ जना विद्यार्थी मध्ये ९ सय ८८ जना विद्यार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ निमित्त प्रमुख योगेश आले मगरका अनुसार जिल्लाका सात वटा परिक्षा केन्द्रबाट १ हजार २५ जना विद्यार्थी मध्ये ९ सय ८८ जनाले मात्र आज एसइइको परिक्षामा सहभागीता जनाएको जानकारी दिनुभएको छ । उहाँका साधारण नियमित तर्फ छात्रा ४ सय १० र छात्र ४ सय ३७ गरी जम्मा ८ सय ६१, १४ जना अनुपस्थित, प्राविधिक नियमित तर्फ छात्रा ४६, छात्र ४३ गरी जम्मा ८१ र र ग्रडवृद्धि छात्रा २४, छात्र २८ गरी जम्मा ५२, अनुपस्थित छात्रा ९, छात्र ४ गरी १३ जना गरी जम्मा ९ सय ८८ जनाले आज अंग्रजी विषयको परिक्षा दिएका छन । यसवर्षबाट एसईई परिक्षाका लागि सात वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । यी परिक्षा केन्द्रहरुमा सिमकोट गाउँपालिकाको मानसरोवर मावि केन्द्र र बाल मन्दिर मावि केन्द्र रहेका छन् भने खार्पुनाथ गाउँपालिकाको सीता मावि केन्द्र रहेको छ । त्यसैगरि सर्केगार्ड गाउँपालिकामा हिमज्योति मावि सर्केगार्ड केन्द्र र कोट मावि रोडीकोट केन्द्र रहेका छन् । त्यसैगरि अदानचुली गाउँपालिकाको सुर्योदय मावि केन्द्र र ताँजाकोट गाउँपालिकाको मदानादेव मिाव केन्द्र रहेका छन् । यी परिक्षा केन्द्रमा जिल्लाका २७ वटा माविमा अध्ययनरत परिक्षार्थीहरुले परिक्षा दिदै आएका छन ।see-1742474699.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
रसुवाको बाढीपछि हुम्लाका दुई जना सम्पर्कविहीन

रसुवाको बाढीपछि हुम्लाका दुई जना सम्पर्कविहीन

रसुवाको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार बिहान भोटेकोसी नदीमा आएको ठूलो बाढीपछि हुम्लाका दुई जना सम्पर्कविहीन भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१, गोप्का निवासी अनिता रावत र उनका श्रीमान...
साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

साउने पूर्णिमाको अवसरमा सिमकोट बजार सरसफाइ अभियान सञ्चालन

 सिमकोट गाउँपालिकाको आयोजनामा साउने पूर्णिमाको अवसर पारेर हुम्लाको सदरमुकाम सिमकोट बजार सहित तल्लो गाउँ र माथिल्लो गाउँमा शनिबार बिहान सरसफाइ अभियान सञ्चालन गरिएको छ । सिमकोटलाई स्वच्छ, सफा...
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
भर्खरै