नेभिगेशन
समाज

हुम्ला साक्षर जिल्ला घोषित गर्न मिती तय

सिमकोट । हुम्ला आउँदो जेठ नौ गते साक्षर जिल्ला घोषणा हुने भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको र हुम्लाका सातवटै स्थानीय तह साक्षर पालिका घोषणा भएकोले आउने जेठ नौ गते साक्षर जिल्ला घाषणा गर्ने निर्णय गरिएको हो ।


विहिबार विहान शिक्षा विकास तथा समन्वय इकाई समितिको कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा बसेको बैठकले साक्षर घोषणाका लागि आवश्यक मापदन्ड र शर्तहरु पुरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।


हुम्ला जिल्लाको १५ देखि ६० उमेर समूहका ३५ हजार ३ सय ५४ जनसंख्यामध्ये ३३ हजार ९ सय ५४ अर्थात ९६.०४ प्रतिशत साक्षर भएपछि घोषणा गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख योगेश आले मगरले बताउनुभयो । इकाई प्रमुख आलेका अनुसार, हुम्लाका सातवटै स्थानीय तहमा नाम्खा गाउँपालिका ९६.१६ प्रतिशत, सिमकोट गाउँपालिका ९५.६ प्रतिशत, खार्पुनाथ गाउँपालिका ९५.५ प्रतिशत, सर्केगाड गाउँपालिका ९५.७४ प्रतिशत, चंखेली गाउँपालिका ९५.२४ प्रतिशत, अदानचुली गाउँपालिका ९५.२८ प्रतिशत र ताँजकोट गाउँपालिका ९८.२८ प्रतिशत नागरिक साक्षर भएको बताउनुभयो ।


साक्षर नेपाल घोषणा अभियान २०७६ अनुसार १५ बर्ष देखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भएपछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान छ । जिल्ला समन्वय समिति प्रमुख शर्माले लामो प्रयास पछि जिल्ला साक्षर घोषणा हुन लागेको खुशी ब्यक्त गर्नुभयो । यसमा सबैको अनिवार्य उपस्थित र सहयोगको आवश्यक रहेको शर्माको भनाई थियो ।


साक्षर जिल्ला घोषणाका लागि सामाजिक विकास कार्यालय हुम्लाले आर्थिक सहयोग गर्ने भएको सोही कार्यालयका प्रमुख हर्क बहादुर बस्नेतले बताउनुभयो । आजै भएको कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल, सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वर्ष फडेरा, खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, सहायक प्रमुख जिलला अधिकारी राजेन्द्र बहादुर चन्द, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष राजन रावत, लगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संद्ध संस्थाहरुको सहभागीता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।