नेभिगेशन
समाज

    राष्ट्रिय लेखक दिवसको उपलक्ष्यमा खुला कविता वाचन कार्यक्रम गरि मनाइयो 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा खुला कविता वाचन कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाली लेखक संघ हुम्लाद्धारा मंगलबार सिमकोट माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा खुला कविता वाचन प्रतियोगीता आयोजना गरी मनाइएको हो । नेपाली लेखक संघ हुम्लाका अध्यक्ष मधु शाही बस्नेतको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा खुला कविता वाचन आयोजना भएको जानकारी प्राप्त भएको छ ।

जिल्ला अध्यक्ष शाही बस्नेतले लेखक, साहित्यकारहरुको कलममा अभूतपूर्व शक्ति रहने हुनाले आफ्नो लेखनीलाई राष्ट्र ,राष्ट्रियताको हितमा र विकृति विसङ्गतीका विरुद्धमा लगाउनु पर्ने बताउनुभयो । २००८ सालमा विश्वेश्वरप्रसाद प्रसाद काईराला ,लक्ष्मी प्रसाद देवकोटा ,गोविन्द वहनदुर मल्ल गोठाले, विजय मल्ल लगायतको अथक प्रयास बाट स्थापित यस संस्था लाई शसक्त ढङ्गबाट अगाडी वनाउनु पर्नेमा जोड दिनुभयो ।
भनिन्छ, “तरवार भन्दा कलम बलियो हुन्छ” त्यही कलमको शक्तिले विश्वमा ठूल्ठूला परिवर्तनहरु भएका छन् ।

नेपालमा पनि जहाँनिया राणा शासन तथा निरंकुश राजतन्त्र फाल्न लेखकहरुको ठूलो भूमिका रहेको छ । लेखकले लेखेको लेखनबाटै जनताहरु सुसूचित हुने, जागरूक हुने र आफ्नो अधिकारको लागि, आफ्नो अभिव्यक्ति स्वतन्त्रताको लागि आवाजहरु उठाउने गरेको पाइन्छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
शिक्षाको सुधारमा रामदेव, आइतवार पनि नियमित पठनपाठन हुने ।

शिक्षाको सुधारमा रामदेव, आइतवार पनि नियमित पठनपाठन हुने ।

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको रामदेव माध्यमिक माध्यमिक विद्यालयले सार्वजनिक सार्वजनिक विदा आइतवारको दिनमा पनि नियमित पठनपाठन सञ्चालन सञ्चालन गर्ने भएको । पछिल्लो समय नेपाल सरकारले आइतवार सार्वजनिक...
खडिखेतमा झोलुङ्गे पुल निर्माण गर्न टोली भोली पुग्दै ।

खडिखेतमा झोलुङ्गे पुल निर्माण गर्न टोली भोली पुग्दै ।

सर्केगाड गाउँपालिका–२ र ६ को बीचमा पर्ने खडिखेतमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लामो समयदेखि पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रिपगाउँवासीको समस्यालाई मध्यनजर गर्दै काँदुरी...
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...