नेभिगेशन
समाज

पाँच दिनदेखि हुम्ला अस्पतालको ओपिडी सेवा बन्द, उपचार नपाएर विरामीको विचल्ली

 सिमकोट । हुम्लामा रहेको एक मात्रै जिल्ला अस्पताल सिमकोटमा बहिरङ्ग (ओपिडी) सेवा पाँच दिनदेखि बन्द हुँदा विरामी समस्यामा परेका छन् । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा बहिरङ्ग ९ओपिडी० सेवा शुक्रबार बन्द हुँदा यहाँका विरामी मर्कामा परेको गुनासो पोख्ने गरेका छन् । 
आवासीय चिकित्सकको आन्दोलनको माग सम्बोधन नभएपछि नेपाल चिकित्सक सघले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हुम्ला अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि ओपिडी सेवा बन्द गरेका हुन् । चिकित्सकको आन्दोलनका कारण ओपिडीमा आएका बिरामी उपचार नपाएर फिर्ता हुन बाध्ये भएका छन् ।   
मंगलबार विहान ठूलो संख्यमा विरामी स्वास्थ्य उपचारका लागि पुगेपनि ओपिडी सेवा बन्द भएका कारण उनहीरु एपचार नगरी फिर्ता हुन पुगेका हुन् । इमेर्जेन्सी सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । ओपिडी सेवा बन्द भएपनि इमेर्जेन्सीमा विरामीको चाप बढ्नका साथै १५ शैयाको बेड भरिभराउ भएको जानकारी प्राप्त भएको छ ।
जिल्ला अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएर उपचार नहुँदा उपचारका लागि पुगेका विरामीले बजारमा रहेको निजी क्लिनिकमा उपचार गर्नु परेको गुनासो पोखेका छन् । मंगलबार विहान अस्पताल पुगेका प्राय जसो महिलाहरुले पाँच दिनसम्म उपचार नपाएको भन्दै अस्पतालका चिकित्ससँग गुनासो पोखेका थिए । सदरमुकामबासी मात्रै नभएर नजिकका गाउँघरबाट उपचारका लागि अस्पतालमा पुगेका विरामी समेत उपचार नपाइ फिर्ता हुने गरेका छन् । 
अस्पतालका डाक्टर मंगला बुढाले गम्भीर समस्या भएका बिरामीलाई आकस्मिक कक्षबाट उपचार गरिएको र ओपिडी सेवा पूर्ण रूपमा बन्द भएको जानकारी दिनुभयो । आवासीय चिकित्सकलाई सरकारी आठौँ तहसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै शुक्रबारदेखि आन्दोलन थालेपछि देशभरका सरकारी अस्पतालको ओपिडी सेवा प्रभावित भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...