नेभिगेशन
समाज

पाँच दिनदेखि हुम्ला अस्पतालको ओपिडी सेवा बन्द, उपचार नपाएर विरामीको विचल्ली

 सिमकोट । हुम्लामा रहेको एक मात्रै जिल्ला अस्पताल सिमकोटमा बहिरङ्ग (ओपिडी) सेवा पाँच दिनदेखि बन्द हुँदा विरामी समस्यामा परेका छन् । सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा बहिरङ्ग ९ओपिडी० सेवा शुक्रबार बन्द हुँदा यहाँका विरामी मर्कामा परेको गुनासो पोख्ने गरेका छन् । 
आवासीय चिकित्सकको आन्दोलनको माग सम्बोधन नभएपछि नेपाल चिकित्सक सघले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हुम्ला अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि ओपिडी सेवा बन्द गरेका हुन् । चिकित्सकको आन्दोलनका कारण ओपिडीमा आएका बिरामी उपचार नपाएर फिर्ता हुन बाध्ये भएका छन् ।   
मंगलबार विहान ठूलो संख्यमा विरामी स्वास्थ्य उपचारका लागि पुगेपनि ओपिडी सेवा बन्द भएका कारण उनहीरु एपचार नगरी फिर्ता हुन पुगेका हुन् । इमेर्जेन्सी सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । ओपिडी सेवा बन्द भएपनि इमेर्जेन्सीमा विरामीको चाप बढ्नका साथै १५ शैयाको बेड भरिभराउ भएको जानकारी प्राप्त भएको छ ।
जिल्ला अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएर उपचार नहुँदा उपचारका लागि पुगेका विरामीले बजारमा रहेको निजी क्लिनिकमा उपचार गर्नु परेको गुनासो पोखेका छन् । मंगलबार विहान अस्पताल पुगेका प्राय जसो महिलाहरुले पाँच दिनसम्म उपचार नपाएको भन्दै अस्पतालका चिकित्ससँग गुनासो पोखेका थिए । सदरमुकामबासी मात्रै नभएर नजिकका गाउँघरबाट उपचारका लागि अस्पतालमा पुगेका विरामी समेत उपचार नपाइ फिर्ता हुने गरेका छन् । 
अस्पतालका डाक्टर मंगला बुढाले गम्भीर समस्या भएका बिरामीलाई आकस्मिक कक्षबाट उपचार गरिएको र ओपिडी सेवा पूर्ण रूपमा बन्द भएको जानकारी दिनुभयो । आवासीय चिकित्सकलाई सरकारी आठौँ तहसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै शुक्रबारदेखि आन्दोलन थालेपछि देशभरका सरकारी अस्पतालको ओपिडी सेवा प्रभावित भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

ससत्र प्रहरी बल गुल्म रानीवन ब्यारेकको आयोजनामा सिमकोटको सिम क्षेत्रम जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित...
हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि हुम्लामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस निलकण्ठ पराजुलीले कार्यालयको...
खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले बाजागाजा सहित खुशी मनाएका छन् । गाउँमा गाडी पुर्याउने वर्षौदेखिको सपना पुरा भएकाले स्थानीयले खुशाीयाली मनाएका हुन् । सडक निर्माण कार्य भएको...
५ सय ९५ सिट म्यादी प्रहरीको लागि ९ सय ३२ जनाको आवेदन अँझै आवेदन दिने समय २ दिन बाँकी

५ सय ९५ सिट म्यादी प्रहरीको लागि ९ सय ३२ जनाको आवेदन अँझै आवेदन दिने समय २ दिन बाँकी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक ५ सय ९५ जना म्यादी प्रहरीका लागि म्म ९ सय ३२ जनाको आवेलदन परेको छ ।
भर्खरै