नेभिगेशन
समाज

रेडक्रस दिवसमा आगलागी र बाढी पिडीतलाई राहत सहयोग

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले आज आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न समयमा विभिन्न प्रकारका घट्नाबाट पिडीतलाई राहत सहयोग गरेको छ । सोसाइटी जिल्ला शाखा तल्लो बजारमा रहेको आफ्नै कार्यलयमा आगलागी र बाढाी पहिरोबाट पिडित भएका दुई जनालाई राहत सहयोग गरिएको हो । गत वर्षको साउन महिनामा आएको वर्षाले घर खेत बगाएका सिमकोट गाउँपालिक–७ का भुजेनी सिंह र वडा– ८ का आगलागी पिडित जसविर शाहीलाई राहत सहयोग गरिएको सोसाइटी जिल्ला शाखाका मन्त्री अर्जुन बोहराले बताउनुभयो । पिडितहरुलाई एक–एक कम्बल र एक–एक पाल सहयोग गरिएको मन्त्री बोहराले बताउनुभयो । 
    ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ पिडितहरुलाई राहत सहयोग गर्दै हुम्लामा पनि मनाइएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखाका संस्थापक तथा उपसभापति तीर्थराज रोकायाको अध्यक्षतामा र रेडक्रस केन्द्रिय सदस्य गोकुल बुढाको प्रमुख आथित्यमा दिवस बनाउनुका साथै राहत वितरण गरिएको हो । 
     हरेक वर्ष मे ८ मा विश्व रेडक्रस दिवस मनाउँदै आउने गरिन्छ । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्नु भएको थियो । रेडक्रसका केन्द्रि सदस्य बुढाले हेनरी ड्युनाले सिकाएको बाटो र स्वच्छ मानव भाव लिएर अगाडी बढेको बताउनुभयो । 
    यस्तै रेडक्रस हुम्ला शाखाका संस्थापक रोकायाले रेडक्रसका कर्मचारीको प्रभावकारी समन्वय र आपसी सहकार्यबाट रेडक्रसका गतिविधि सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताउनुभयो । रेडक्रस हुमला शाखालाई आर्थिक अभाव समेत भएको उहाँले रोकायाले बताउनुभयो । रेडक्रस हुम्लामा २०४३ सालमा स्थापना भएको र आफु तेस्रो नम्बरको संस्थापक भएको बताउनुभयो । 
    रेडक्रस दिवसमा हेनरी ड्युनाको तस्विरमा अविर लगाएर माल्यापर्ण समेत गरिएको थियो । आजै भएको कार्यक्रममा जिल्ला प्रशासनका मोहन शर्मा, रानीवन उपशाखाका अध्यक्ष सुन्दर रावत, उपमन्त्री दलजित ऐडी कोषाध्यक्ष मन्दिर सिंह,तेन्जीन लामा लगायतको उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
भर्खरै