नेभिगेशन
समाज

रेडक्रस दिवसमा आगलागी र बाढी पिडीतलाई राहत सहयोग

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले आज आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न समयमा विभिन्न प्रकारका घट्नाबाट पिडीतलाई राहत सहयोग गरेको छ । सोसाइटी जिल्ला शाखा तल्लो बजारमा रहेको आफ्नै कार्यलयमा आगलागी र बाढाी पहिरोबाट पिडित भएका दुई जनालाई राहत सहयोग गरिएको हो । गत वर्षको साउन महिनामा आएको वर्षाले घर खेत बगाएका सिमकोट गाउँपालिक–७ का भुजेनी सिंह र वडा– ८ का आगलागी पिडित जसविर शाहीलाई राहत सहयोग गरिएको सोसाइटी जिल्ला शाखाका मन्त्री अर्जुन बोहराले बताउनुभयो । पिडितहरुलाई एक–एक कम्बल र एक–एक पाल सहयोग गरिएको मन्त्री बोहराले बताउनुभयो । 
    ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ पिडितहरुलाई राहत सहयोग गर्दै हुम्लामा पनि मनाइएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखाका संस्थापक तथा उपसभापति तीर्थराज रोकायाको अध्यक्षतामा र रेडक्रस केन्द्रिय सदस्य गोकुल बुढाको प्रमुख आथित्यमा दिवस बनाउनुका साथै राहत वितरण गरिएको हो । 
     हरेक वर्ष मे ८ मा विश्व रेडक्रस दिवस मनाउँदै आउने गरिन्छ । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्नु भएको थियो । रेडक्रसका केन्द्रि सदस्य बुढाले हेनरी ड्युनाले सिकाएको बाटो र स्वच्छ मानव भाव लिएर अगाडी बढेको बताउनुभयो । 
    यस्तै रेडक्रस हुम्ला शाखाका संस्थापक रोकायाले रेडक्रसका कर्मचारीको प्रभावकारी समन्वय र आपसी सहकार्यबाट रेडक्रसका गतिविधि सफल रूपमा कार्यान्वयन गर्न सहयोग पुगेको बताउनुभयो । रेडक्रस हुमला शाखालाई आर्थिक अभाव समेत भएको उहाँले रोकायाले बताउनुभयो । रेडक्रस हुम्लामा २०४३ सालमा स्थापना भएको र आफु तेस्रो नम्बरको संस्थापक भएको बताउनुभयो । 
    रेडक्रस दिवसमा हेनरी ड्युनाको तस्विरमा अविर लगाएर माल्यापर्ण समेत गरिएको थियो । आजै भएको कार्यक्रममा जिल्ला प्रशासनका मोहन शर्मा, रानीवन उपशाखाका अध्यक्ष सुन्दर रावत, उपमन्त्री दलजित ऐडी कोषाध्यक्ष मन्दिर सिंह,तेन्जीन लामा लगायतको उपस्थित रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, राष्ट्यि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजना,...
मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

लामो समय खडेरी परेको वेला आजदेखि मौशममा फेरबदल आएको छ । सोमबार राती देखि जिल्ला सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा आएको मौशममा परिवर्तन आएका कारण जिल्लामा निकै जाडो बढेको...
जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

मौषममा परिवर्तन भएदेखी विगत केही दिनदेखि ज्वरो, रुघाखोकी, दम, टाइफाइड जस्ता रोगका बिरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ ।