नेभिगेशन
चंखेली

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो


हुम्ला 
हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति १० बजे आएको विनाशकारी बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार एक्कासि आएको बाढीले स्थानीय डाँफे आधारभूत विद्यालयको भवन नै बगाएको छ भने गाउँलेका गोठ, भेडाबाख्रा र खेतीयोग्य जमिनमा व्यापक नोक्सानी पुर्याएको जानकारी प्राप्त भएको छ ।

अविरल वर्षापछिको पहिरोले गाउँका स्थानियको गोठ पुरेर भेडाबाख्रामा ठूलो क्षति पुगेको छ । बाढीले गाउँमा कोदो उत्पादन हुने अधिकांश खेतीयोग्य जग्गा बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी उपरिक्षक शंकर खड्काले बताउनु भयो ।

हालसम्म कुनै मानवीय क्षतिको खबर नआए पनि विकट भूगोलका कारण गोठ पुरिँदा र बाढी पस्दा भएको क्षतिको यकिन विवरण अझै संकलन हुन नसकेको प्रहरी उपरिक्षक खड्काले बताउनु भएको छ ।

उत्त बाढी पहिरो गएको ठाउँ प्रहरी चौकी भन्दा टाढा भएका कारण प्रहरीको टोली अहिले बिहान १० बजेसम्म पुग्ने भएको उहाँले बताउनु भएको छ । प्रहरी टोली घटना  स्थल पुगेपछि मात्र घटनाको विववरण संकलन गरिने भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप चंखेली
चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

हुम्लाको दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिकाले अब आइतबार पनि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय सञ्चालनमा आएका छन । गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालय तथा...
चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।