नेभिगेशन
महिला आवाज

रेडियो कार्यक्रम महिला आवाज बाउन्नौं अंक (52th Episode of Mahila Aawaj 2083-04-24)

महिला अधिकार, शसिक्तिकरण, आत्मनिंभर र महिला समानताका लागि जानकारी दिने रेडियो कर्णाली आवाजको साप्ताहिक प्रस्तुती रेडियो कार्यक्रम महिला आवाजले नेपाल अष्ट्रेलिया साझेदारी संस्थासँगको सहकार्यमा उत्पादन तथा प्रसारण गरिरहेको छ ।

रेडियो कार्यक्रम महिला आवाजको ५२ औं अंकमा हामीले तरकारी खेती सम्बन्धि विषयमा छलफल गर्ने जमर्को गरेका छौं । दुर्गम हिमाली जिल्ला हुम्लाका महिलाहरुको प्रमुख आम्दानीका रुपमा रहेको तरकारी खेती नैं आम्दानीको स्रोतमा रहेको छ । नेपालको शिर्ष सदरमुकाम सिमकोट आसपासका महिलाहरुले ग्रीन हाउस भित्र तरकारी खेती गरेर आप्mनो नियमित आम्दानी गर्ने काम गरिरहेका छन् । हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै भारतको रुपैडियाबाट आयात गरिएको तरकारी सस्तोमा विक्री भैरहेको वेला ग्रीन हाउस भित्र मेहनत गरेको तरकारी कसरी फलाउने र बजार व्यवस्थापन गरिरहेका छन् भनेर सिमकोटकी सफल तरकारी व्यवसायी सिमकोटकी लाहिरा सुनारसँग कुराकानी गरेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै