नेभिगेशन
समाज

सडक निर्माणका क्रममा घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु, पिडितले न्याय नपाउदासम्म अदानचुलीका सबै सडक बन्द

सिमकोट ।   सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको सडकमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा टाउकोमा चोट लागेर घाईते भएका थिए । बुधबार बिहान दश वजे अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि गाउँपालिका केन्द्रसम्म निर्माण कार्य भई रहेको सडकमा काम गर्ने क्रममा अर्को स्थानमा रहेको औजार लिन जाने क्रममा माथिबाट ढुङ्गा खस्दा बुढाको टाउकोमा चोट लागेर गम्भीर घाईते भएको अवस्थामा नजिकको श्रिनर स्वास्थ्य चौकीमा लगेर उपचार भई रहेको बेला मृत्यु भएको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताउनु भयो ।

श्रीनग स्वास्थ्य चौकीमा उपचार सुरु भएको केही समय मै बुढाको मृत्यु भएको थियो । मृतक बुढा गम्भीर घाईते भएपछि सुर्खेतबाट हेलिकोप्टरमा उद्धार गर्ने तयारी भएको भएपनि स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएपछि योजना रद्ध गरिएको हो । उक्त सडक कालो पत्रे गर्ने गरि हाल स्तरोन्नतीको कार्य भई रहेको छ । सडक खन्ने क्रममा डोजर चालकले लापरवाही गरेको भन्दै मृतकका आफन्तले आज गल्फागाड प्रहरी चौकी श्रीनगरमा आन्दोलन गरेका छन ।

उक्त आन्दोलन स्काभेटर चालककलाई कानुन अनुसार कारवाही, पडितिलाई आवश्यक क्षतिपुर्ती सहित घर परिवारका एक जना सदस्यलाई रोजगार सिर्जना ठेकेदार कम्पनीले गर्ने निर्णय नगरुन्जेलसम्म जारी रहने मृतकका आफ्न्तले बताएको छन । उक्त सडक निर्माण गर्ने जिम्मा जुम्ला घर भएका ठेकेदार तेरसिंह कार्कीले लगेका छन । साथै पिडित पक्षले न्याय नपाउदासम्म अदानचुली गाउँपालिका भरका सडक, यातायात र बजार समेत बन्द गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
भर्खरै