नेभिगेशन
नाम्खा

सल्लाको रुखमै बिजुलीको तार

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बत्ति बाल्नको लागी सल्लाको हरियो रुखमा विजुलीको तार तानिएको छ ।

नाम्खा गाउँपालिका वडा ४ को पालिका केन्द्र याल्वाङ्मा उज्यालोका लागी सल्लाको हरियो रुखमा बिजुलीको तार तानिएको छ ।

याङगार खोला लघुजलविधुत वितरण केन्द्रले याङगार गाउँबाट ल्याएको मुख्य तारलाई हरियो सल्लाको रुखमा टाँगिएको छ । याङगार खोला लघुजलविधुत वितरण केन्द्रले ३४ किलोवाट विद्युत उत्पादन गर्दै आएको छ ।

याङगार खोला लघुजलविधुत वितरण केन्द्रले याङगार गाउँ, याल्वाङ्ग, गाउँपालिका, बैक, गुम्बा लगायतका गाउँमा विजुलीका तार तानिएको छ । पोल विहीनको हरियो रुख बाट बिजुली विस्तार गरेको स्थानीय बासिन्दाले बताएका छन ।

विजुलीको तार तानिएको हरियो रुखको आसपास जाने मानिस तथा पशुवस्तुलार्ई समेत खतरा हुने सक्ने संकते देखिन्छ । सम्बन्धित निकार्यको लापारबाहीले भोलीका दिनमा कुनै अपिर्य घटना नहोला भन्न सकिन्न । नाम्खा गाउँपालिका सहित सम्बन्धित निकायले समयमा नै ध्यान दिन आवश्यक रहेको याल्वाङका स्थानीयले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

नाम्खा गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्मार्ट बोर्ड तथा कम्प्युटर ल्याब मार्फत विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पाद्मा लामाले जानकारी दिनुभयो । 
महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

विद्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विद्यालयको कुल आम्दानी २ करोड १ लाख ४८ हजार २ सय ८८ रुपैयाँ २७ पैसा रहेको छ। सो अवधिमा कुल खर्च १...
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ ।
भर्खरै