नेभिगेशन
अदानचुली

अदानचुलीका चालक कर्णाली नदीमा बेपत्ता

सिमकोट । माछा मार्ने जाल खेल्न गएका अदानचुली २ का छक्क बुढा २ घण्टादेखि कर्णाली नदीमा बेपत्ता भएका छन् ।

बिहान गल्फागाड खोलाबाट शुरु गर्दै गएका बुढा हुम्ला कर्णालीको आरजिते भन्ने स्थानमा कर्णाली नदीमा परेर बेपत्ता बुढा बेपत्ता भएको खोजी कार्यमा रहेका अदानचुली २ का राजबहादुर महताराले जानकारी दिए ।

‘जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लीएका बुढा दुई घण्टादेखि कता डुबे भन्ने पत्तो छैन्’ महताराले भन्नुभयो ‘उनि हराएदेखि तिब्र रुपमा खोजि कार्य भएपछि कतै पत्ता लागेको छैन् ।’

घटना सार्वजनिक हुने बित्तिकै अदानचुलीको गल्फागाड प्रहरी चौकी, गाउँपालिकाका पदाधिकारी र अन्इ स्थानीयले कर्णाली नदीको किनारमा खोजि गरिरहेको भएपनि अहिलेसम्म केहि नभेटिएको बताइएको छ ।

केहि दिन अघिदेखि भएको वर्षाका कारण कर्णाली नदिमा पानीको बहाब बढेका कारण पनि खोजि कार्यमा केहि समस्या थपिएको स्थानीयले जानकारी दिए । कर्णाली नदिमा बेपत्ता भएकाको खोजि कार्यका लागि आवश्यक उद्धार सामाग्री नभएका कारण पनि थप समस्या भएको बताइएको छ ।

उनको खोजिका लागि अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया (सुधार, निमित्त प्रमुख प्रशासकीय अिधकृत मेघनाथ शाही, वडा अध्यक्ष, गल्फागाड प्रहरी चौकीका सुरक्षाकर्मी र स्थानीय गरेर झण्डै तीन सय व्यक्तिले खोजि गरिरहेको भएपनि कुनै पत्ता लगोको छैन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अदानचुली
भिरबाट लडेर पुरुषको मृत्यु

भिरबाट लडेर पुरुषको मृत्यु

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

साउने पुर्णिमाको तयारीमा हुम्लाका नागरिकहरुः ताजाकोटको बातमाडौंंमा होटेल पसल राख्न शुरु 

पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...