नेभिगेशन
खेलकुद

कर्णाली किड्स कपको उपाधी छत्रपाल आधारभूत विद्यालयको पोल्टामा

हुम्ला । कर्णाली किड्स कप २०८१ को उपाधी अदानचुली गाउँपालिका ३ को छज्ञपाल आधारभूत विद्यालयले हात पारेको छ ।आज मंगलबार सम्पन्न फाइनल खेलमा सुर्योदयलाई १ का विरुद्ध ५ गोल गर्दै छत्रपाल आधारभुत विद्यालयले सुर्यादय माध्यमिक विद्यालयलाई पराजित गर्दै कपको उपाधी हात पारेको हो । 
फाइनल खेलमा छत्रपालको तर्फबाट सर्जन रोकाया, जेनेभा फडेरा, दशरथ फडेरा, प्रमोद बुमी, केवल विष्टले १।१ गोल गरेर छत्रपाललाई उपाधी हात पार्न सफल बनाएका थिए । खेल शुरु भएको पहिलो हाफमा सुर्योदय माध्यमिक विद्यालयका निराजन बुढाले १ गोल हानेपनि त्यसलाई अघि बढाउन नसकेपछि उपाधीको दाबेदारका रुपमा छत्रपाल आएको हो ।  फाइनल खेलको उपबिजेता सुर्योदय माध्यमिक विद्यालयले कपको दोस्रो पुरस्कारमै चित्त बुझाउनु पर्यो । 
बालबालिकाका लागि खेलकुद भन्ने नाराको साथ पहिलो पटक शुरु भएको कर्णाली किड्स कपको बिजेता छत्रपालले ३० हजार नगद, ट्रफी र म्याडल प्राप्त गरेको छ भने कपको दोस्रो सुर्योदय माध्यमिक विद्यालयले २० हजार नगद, ट्रफी र म्याडल प्राप्ट गरेको छ । यसैगरी तस्रो हुने जनकल्याण आधारभूत विद्यालये १० हजार नगद, ट्रफी र म्याडल प्राप्त गरको छ । 
प्रतियोगिताको उत्कृष्ठ खेलाडीमा जनकल्याण आधारभूत विद्यालयका हेमराज दानी भएका छन् । खेल अवधीभर निकै राम्रो खेल खेलेको भन्दै दानीलाई उत्कृष्ठ खेलाडीका रुमा पुरस्कृत गरिएको आयोजक रेडियो श्रीनगर एफएमका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा छत्रपाल आधारभूत विद्यालय सर्जन रोकाया छनोट भएका छन् भने उत्कृष्ठ गोल रक्षकमा छत्रपालकै प्रवेश फडेरा छनोट भएका छन् । सबैजनालाई प्रमाण पत्र, नगद पुरस्कार प्रदान गरिएको छ । 
खेल स्थानीय सन्देश विश्वको भन्ने ध्येयका साथ शुरु भएको कर्णाली किड्स कपको पुरस्कार वितरण रेडियो श्रीनगर सञ्चालक समितिका अध्यक्ष नवराज महतारको अध्यक्षता र अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । 
कपको बिजेत टोलीले बाजागाजा सहित श्रीनगर बजार परिक्रमा गरेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरि खुशी साँटासाँट गरेको छत्रपाल आधारभुत विद्यालयका प्रधानाध्यापक परशुराम चौधरीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
हुम्लाका तिन विद्यालयलाई फिफाद्धारा फुटवल हस्तान्तरण

हुम्लाका तिन विद्यालयलाई फिफाद्धारा फुटवल हस्तान्तरण

फुटवल एशोसियशनको अन्तरािष्ट्रय महासंघ फिफाले हुम्लाका तीन वटा विद्यालयहरुलाई दिएका फुटवलहरु वितरण गरिएको छ । एन्फाको फुटवल फर स्कुल कार्यक्रम अन्तरगत अखिल नेपाल फुटवल संघ एन्फा मार्फत प्रति...
राष्ट्यि ब्याडमिन्टन खेलका लागि हुम्लाका लामा छनोट

राष्ट्यि ब्याडमिन्टन खेलका लागि हुम्लाका लामा छनोट

हुम्लाबाट कर्णाली प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिताका लागि दुई जना खेलाडी मध्ये सिमकोट गाउँपालिका वडा नम्बर १ जोदामका हिमाल लामा ब्याडमिन्टन खेलमा छनोट हुन भएको छ ।
खार्पुनाथले उचाल्यो १६ औं राष्ट्रपति नरिङ शिल्डको उपाधी 

खार्पुनाथले उचाल्यो १६ औं राष्ट्रपति नरिङ शिल्डको उपाधी 

प्रतियोगितामा सञ्चालन भएका १३ विधाका खेलहरुमा ८ वटा स्वर्ण पदक बिजेता खार्पुनाथ गाउँपालिकाले यस वर्षको राष्ट्रपति नरिङशिल्ड बिजेता बनेको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर रावतले जानकारी दिए । 
बिरोधकै बीच १६ औं राष्ट्रपति नरिङ शिल्ड सम्पन्नः कसरी भयो विवाद ?

बिरोधकै बीच १६ औं राष्ट्रपति नरिङ शिल्ड सम्पन्नः कसरी भयो विवाद ?

प्रतियोगितामा ८ अंक प्राप्त गरेको खार्पुनाथ गाउँपालकालाई शिल्डसहित बिजेता घोषणा गरेर पुरस्कार वितरणको तयारी गरेपछि ७ अंक प्राप्त गरको सर्केगाड गाउँपालिकाका खेलाडीहरुले बिरोध जनाएको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर...