नेभिगेशन
नाम्खा

सिमकोट हिल्सा सडक ३२ दिनपछि सुचारु

सिमकोट । हुम्लाको सिमकोट-हिल्सा सडक सुचारु भएको छ। उक्त सडकखण्डको हेक्पा खोलामा बाढीले बगाएको काठेपुलको पुनस्निर्माण कार्य भएपछि अवरुद्ध हुँदै आएको यातायात सेवा सुचारु भएको हो।

हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनीयर ओम प्रकाश कोहराका अनुसार सिमकोट हिल्सा सडक अवरुद्ध भएको ३२ दिनपछि सञ्चालनमा आएको छ।

गत असार २० गते परेको अविरल वर्षाले खोलामा आएको बाढीले यसअघि निर्माण गरिएको काठेपुल बगाउँदा त्यसयता यातायात सेवा अवरुद्ध हुँदै आएको थियो। यसबाट नाम्खा गाउँपालिका, चीनको ताक्लाकोट रोजगारी र ब्यपार ब्यवसायका लागि जाने स्थानीयले पैदल जानुपर्ने अवस्था थियो।

सपना धुलिखेल जेभीले सो काठेपुल दुई हप्ताभन्दा बढी समय लगाएर निर्माण कार्य पूरा गरेको हो। पुल निर्माणसँगै यातायात सेवा सुचारु भएको छ।

पच्चिस मिटर लम्वाई र साँढे चार मिटर चौढाई काठेपुल रहेको छ। त्योसँगै पुलका पश्चिम पट्टीको भागमा पहिरोबाट पुललाई बचाउन ग्याविन लगाउने कार्य समेत भएको छ। हेक्पा खोलामा बगाएको काठेपुललाई पुनस्निर्माण गर्ने निकायले बजेटको कारण देखाउँदै निर्माण गर्न नमानि रहेको अवस्थामा जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले निर्णय गरेर आयोजना र पुर्वाधार विकास कार्यालयलाई लागत साझेदारीमा तत्काल काठेपुल निर्माण गर्ने निर्णय गरेको थियो।

हाललाई निर्माण कम्पनीले काठेपुल उधारोमा निर्माण गरेको भएपनि पछि काठेपुल निर्माण कार्यका लागत निकाली सकेपछि दुवै कार्यालयले आधाआधा बजेटको ब्यवस्था गर्नुपर्नेछ। हेक्पा खोलाको काठेपुल तर्दै गरेका चालक धिरेन बुढाले पुल निर्माण कार्यले हिल्सातर्फ जान सहज भएको बताए।

सिमकोट हिल्सा सडक खण्डमा दैनिक चालिसदेखि पैतालिस वटा सवारी साधनहरु सञ्चालन हुने गर्छन्। उक्त खोलामा यसअघि दुई पटक काठेपुल निर्माण गर्ने कार्य भई सकेको छ।

अब सोही खोलामा पक्की पुलको निर्माण कार्यपनि अन्तिम चरणमा रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

नाम्खा गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्मार्ट बोर्ड तथा कम्प्युटर ल्याब मार्फत विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पाद्मा लामाले जानकारी दिनुभयो । 
महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

विद्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विद्यालयको कुल आम्दानी २ करोड १ लाख ४८ हजार २ सय ८८ रुपैयाँ २७ पैसा रहेको छ। सो अवधिमा कुल खर्च १...
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ ।
भर्खरै