नेभिगेशन
नाम्खा

याङगार गाउँमा खानेपानीको समस्या, दुषित पानी खान बाध्य तीस घरधुरी

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ याङगार गाउँमा यतिबेला खानेपानीको समस्या निम्तिएको छ । तीस वटा घरधुरी रहेको याङगार गाउँका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या झेल्दै आउनु परेको गुनासो गरेका छन् । 

   सडक निर्माणका क्रममा डोजरले पानीको पाइप लाइन नै काटि दिएपछि गाउँमा खानेपानीको समस्या निम्तिएको स्थानीय छोमु लामाले बताउनुभयो । बाटो निर्माण गर्दा भौतीक संरचनामा ध्यान नदिदा लामो समयदेखि यहाँका नागरीकलाई खानेपानीको समस्या निम्तिएको लामाले गुनासो पोख्नुभयो । गाउँमा खानेपानीको समस्याका विषयमा नजिकको स्थानीय सरकार गाउँपालिकालाई मर्मतका लागि आग्रह गर्दा कुनै वास्ता नगरेको बताइएको छ । 

    डोजरले पाइप लाइन नै काटि दिएपछि अहिले गाउँ भन्दा टाढाको दुरीमा गएर खोलाको पानी बोकेर खानुपर्ने बाध्यता भएको अर्का स्थानीय नकिडोमा तामाङले बताउनुभयो । आजभोली वर्खाको समयमा खोलाको पानी धमीलो हुने भएपनि त्यहि पानी खान बाध्य भएको उहाँले बताउनुभयो ।

अहिले याङगार गाउँका तीस घरधुरीले खोलाको धमिलो पानी छानेर खाने गरेका छन् । गाउँमा पानीको समस्याका विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा कसैले ध्यान नदिएको बताइएको छ । खोलाको धमिलो पानी खादा स्वास्थ्यमा समस्या हुने चिन्ता यहाँका स्थानीयको छ । तर बाध्यताले पानी खानुपर्ने अवस्था छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नाम्खा
याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

याल्वाङको महामायाको गुणस्तरिय शिक्षाः स्मार्ट बोर्ड बाट गडिजिटल अध्ययन

नाम्खा गाउँपालिकामा रहेको उक्त विद्यालयमा स्मार्ट बोर्ड तथा कम्प्युटर ल्याब मार्फत विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक पाद्मा लामाले जानकारी दिनुभयो । 
महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

महाबौद्ध माविको वार्षिक आम्दानी २ करोड १ लाख

विद्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा विद्यालयको कुल आम्दानी २ करोड १ लाख ४८ हजार २ सय ८८ रुपैयाँ २७ पैसा रहेको छ। सो अवधिमा कुल खर्च १...
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ

शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ ।