नेभिगेशन
खेलकुद

लगातार तेस्रो खेल जित्दै अमेरिकाविरुद्धको टी-२० सिरिज नेपालले गर्‍यो क्लीनस्विप

काठमाडौं । अमेरिकामा आयोजित नेपाल र अमेरिकाबीच भएको पहिलो टी–२० सिरिज नेपालले क्लीन स्वीप गरेको छ।

दुई खेल जितेर उपाधि जितिसकेको नेपालले आज तेस्रो खेल समेत जित्दै सिरिज नै क्लीन स्वीप गरेको हो। 

अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाउँदै १५६ रन जोडेको थियो। १५७ रनको लक्ष्य नेपालले ९ बल बाँकी छँदै मात्र दुई विकेट गुमाएर पुरा गर्‍यो। 
 
नेपालका लागि ओपनर आशिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गरे। टि ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली ओपनर आसिफले अर्धशतक पूरा गरेका हुन्।

करियरको छैटौं अर्धशतक शेखले ३८ बलमा पूरा गरेका थिए। यसअघि आसिफले युएईसँग २ तथा कतार, नेदरल्यान्ड्स र मलेसियासँग समान १ अर्धशतक बनाएका थिए। 
 
ओपनर अनिल शाह १३ रन बनाएर पेभिलियन फर्किएपछि कुशल भुर्तेल आएका थिए। नेपालले अर्धशतक प्रहार गरेका आशिफ शेखलाई पनि गुमाएपछि कुशल मल्ललाई क्रिजमा ल्यायो। 

आज दुवै कुशलको पारी उत्कृष्ट रह्यो। दुवैले नटआउट रहँदै ९ बल बाँकी छँदै नेपाललाई जित दिलाए। कुशल मल्लले ३० बलमा ४४ तथा भुर्तेलले ३२ बलमा ४० रन प्रहार गरे। 

अमेरिकाका लागि सैजेता मुक्कमल्लाले ६८ रन बनाए । मिलिन्द कुमार ४३ रन बनाए। यस्तै, नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले १(१ विकेट लिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
हुम्लाका तिन विद्यालयलाई फिफाद्धारा फुटवल हस्तान्तरण

हुम्लाका तिन विद्यालयलाई फिफाद्धारा फुटवल हस्तान्तरण

फुटवल एशोसियशनको अन्तरािष्ट्रय महासंघ फिफाले हुम्लाका तीन वटा विद्यालयहरुलाई दिएका फुटवलहरु वितरण गरिएको छ । एन्फाको फुटवल फर स्कुल कार्यक्रम अन्तरगत अखिल नेपाल फुटवल संघ एन्फा मार्फत प्रति...
राष्ट्यि ब्याडमिन्टन खेलका लागि हुम्लाका लामा छनोट

राष्ट्यि ब्याडमिन्टन खेलका लागि हुम्लाका लामा छनोट

हुम्लाबाट कर्णाली प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिताका लागि दुई जना खेलाडी मध्ये सिमकोट गाउँपालिका वडा नम्बर १ जोदामका हिमाल लामा ब्याडमिन्टन खेलमा छनोट हुन भएको छ ।
खार्पुनाथले उचाल्यो १६ औं राष्ट्रपति नरिङ शिल्डको उपाधी 

खार्पुनाथले उचाल्यो १६ औं राष्ट्रपति नरिङ शिल्डको उपाधी 

प्रतियोगितामा सञ्चालन भएका १३ विधाका खेलहरुमा ८ वटा स्वर्ण पदक बिजेता खार्पुनाथ गाउँपालिकाले यस वर्षको राष्ट्रपति नरिङशिल्ड बिजेता बनेको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर रावतले जानकारी दिए । 
बिरोधकै बीच १६ औं राष्ट्रपति नरिङ शिल्ड सम्पन्नः कसरी भयो विवाद ?

बिरोधकै बीच १६ औं राष्ट्रपति नरिङ शिल्ड सम्पन्नः कसरी भयो विवाद ?

प्रतियोगितामा ८ अंक प्राप्त गरेको खार्पुनाथ गाउँपालकालाई शिल्डसहित बिजेता घोषणा गरेर पुरस्कार वितरणको तयारी गरेपछि ७ अंक प्राप्त गरको सर्केगाड गाउँपालिकाका खेलाडीहरुले बिरोध जनाएको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर...