नेभिगेशन
समाज

सरकारको निर्णय ; स्नातक विद्यार्थीलाई सरकारी सेवामा इन्टर्न गराउने तयारी

काठमाडौं । सरकारले विभिन्न विषयहरु अध्ययन गरेका विश्वविद्यालयका स्नातकहरुलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउने तयारी थालेको छ।

सोमबार बसेको सचिव बैठकले विश्वविद्यालयका विद्यार्थीलाई सार्वजनिक सेवामा इन्टर्नसिप गराउन एक स्तरीकृत ढाँचा (स्टान्डर्ड फर्म्याट) निर्माण गर्ने निर्णय गरेको छ।

सरकारी कार्यालयहरुमा स्नातकका विद्यार्थीहरुलाई स्यम्सेवकका रुपमा काममा लगाउने गरी यस्तो ढाँचा विकास गर्ने योजना छ। यसका लागि सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका विकास व्यवस्थापन क्षेत्र हेर्ने सचिव संयोजक रहेको एक कार्यदल गठन गर्ने निर्णय भएको छ।

कार्यदलमा राष्ट्रिय योजना आयोग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु सदस्य छन्। सूचना प्रविधि विभागका महानिर्देशकलाई सदस्य–सचिव तोकिएको छ। यो कार्यदलले १० दिनभित्र स्तरीकृत ढाँचा (स्टान्डर्ड स्टान्डर्ड फर्म्याट) बनाएर पेश गर्नेछ।

गत चैत, २०८०मा शिक्षा मन्त्रालयले प्रशिक्षार्थी (इन्टर्न) कर्मचारी सम्बन्धी कार्यविधि २०८० जारी गरेको थियो। कार्यविधिले विश्वविद्यालय, प्रतिष्ठान वा सो अन्तरगतका संस्था वा निकायमा अध्ययनरत र उपाधिका लागि प्रतिक्षा गरिरहेकाहरुलाई शिक्षा मन्त्रालयअन्तरत इन्टर्नसिप गराउने व्यवस्था गरेको थियो।

शिक्षा मन्त्रालय र मन्त्रालय अन्तरगतका निकायहरुमा इन्टर्नसिपमा काम लगाउन सक्ने व्यवस्था गरेपछि यसको आलोचना भएको थियो। कर्मचारीहरुले यस्तो कार्यविधिले सरकारी प्रणालीमा बाह्य व्यक्तिहरुको प्रभाव बढ्ने र कर्मचारीतन्त्र निरुत्साहित हुने भन्दै कार्यान्वयन हुन दिएनन्।

विज्ञहरुले भने विद्यार्थीहरुलाई स्वयंसेवकीय भूमिकामा परिचालित गर्ने नीति र विधि नयाँ जमानाको खाँचो रहेको बताएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा दोस्रो पटक हिमपात

हुम्लामा दोस्रो पटक हिमपात

गएको वर्ष कार्तिक,मंसिर, पुष महिनाबाट सुरु हुने हिमपात यस वर्ष माघ महिनाबाट हिमपात हुन थालेका हो । गत माघ ९ गते पहिलो पटक हुम्लामा हिमपात भएको थियो भने...
निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय गरेको छ ।
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भर्खरै