नेभिगेशन
खेलकुद

आयोजक रानीबन युवा क्लबको फाइनल खेल भोली


वडा दशैं तथा शुभ दिपावली २०८२ को अवसरमा रानीबन युवा क्लबद्वारा आयोजित सिमीकोट गाउँपालिका उपाध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलबाट छिप्रा युवा क्लब र सिमबाइज क्लब फाइनलमा प्रवेश गरेका छन्  ।
सिमीकोट खेल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा छिप्रा युवा क्लबले जेनजी रिबलेसन क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलको स्थान सुरक्षित गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा सिमबाइज क्लबले मजा युवा क्लबलाई ५–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
रानीबन युवा क्लबका अनुसार अब फाइनल खेल असोज २८ गते ९मंगलबार० हुने छ, जसमा छिप्रा युवा क्लब र सिमबाइज क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
फाइनल विजेता टिमले रु। १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले रु। ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।
रानीबन युवा क्लबका प्रतिनिधिले रेडियो कर्णाली आवाजलाई जानकारी दिँदै प्रतियोगिता सफलतापूर्वक अघि बढिरहेको र खेलप्रेमीहरूको उत्साह उच्च रहेको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
हुम्लाका तिन विद्यालयलाई फिफाद्धारा फुटवल हस्तान्तरण

हुम्लाका तिन विद्यालयलाई फिफाद्धारा फुटवल हस्तान्तरण

फुटवल एशोसियशनको अन्तरािष्ट्रय महासंघ फिफाले हुम्लाका तीन वटा विद्यालयहरुलाई दिएका फुटवलहरु वितरण गरिएको छ । एन्फाको फुटवल फर स्कुल कार्यक्रम अन्तरगत अखिल नेपाल फुटवल संघ एन्फा मार्फत प्रति...
राष्ट्यि ब्याडमिन्टन खेलका लागि हुम्लाका लामा छनोट

राष्ट्यि ब्याडमिन्टन खेलका लागि हुम्लाका लामा छनोट

हुम्लाबाट कर्णाली प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिताका लागि दुई जना खेलाडी मध्ये सिमकोट गाउँपालिका वडा नम्बर १ जोदामका हिमाल लामा ब्याडमिन्टन खेलमा छनोट हुन भएको छ ।
खार्पुनाथले उचाल्यो १६ औं राष्ट्रपति नरिङ शिल्डको उपाधी 

खार्पुनाथले उचाल्यो १६ औं राष्ट्रपति नरिङ शिल्डको उपाधी 

प्रतियोगितामा सञ्चालन भएका १३ विधाका खेलहरुमा ८ वटा स्वर्ण पदक बिजेता खार्पुनाथ गाउँपालिकाले यस वर्षको राष्ट्रपति नरिङशिल्ड बिजेता बनेको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर रावतले जानकारी दिए । 
बिरोधकै बीच १६ औं राष्ट्रपति नरिङ शिल्ड सम्पन्नः कसरी भयो विवाद ?

बिरोधकै बीच १६ औं राष्ट्रपति नरिङ शिल्ड सम्पन्नः कसरी भयो विवाद ?

प्रतियोगितामा ८ अंक प्राप्त गरेको खार्पुनाथ गाउँपालकालाई शिल्डसहित बिजेता घोषणा गरेर पुरस्कार वितरणको तयारी गरेपछि ७ अंक प्राप्त गरको सर्केगाड गाउँपालिकाका खेलाडीहरुले बिरोध जनाएको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर...