नेभिगेशन
खेलकुद

    स्ववियुद्धारा भलिवल प्रतियोगितामा मदानदेव युवा क्लब प्रथम


सिमकोट  ।   जिल्ला स्तरीय प्रथम हिमज्योती स्ववियु कप खुला पुरुष भलिबल प्रतियोगितामा मदानदेव युबा क्लब प्रथम भएको छ । अदानचुली भर्सेस मदानदेव युवा क्लब बिच भएको भलिबल फाइनल खेलमा लगातार सोझो सेटमा उपाधी हात पार्न सफल मदानदेव युवा क्लब भएको हिमजयोति बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति जयराज संज्यालले बताउनु भएको छ ।

 

हिमज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र बिधार्थी युनियनको आयोजानामा सो असोज २६ गतेबाट सञ्चालन गरेको थियो । बडा दशै तथा तिहारको अवसरमा हिमज्योति स्ववियु कप भलिवल प्रतियोगिता आयोजना गरिएको स्ववियु सभापति जयराज सन्ज्यालले जानकारी दिनुभएको हो ।

 

उक्त प्रतियोगितामा हुम्ला, मुगु र जुम्लाका १३ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताका बिजेता मदानदेव युवा क्लबले एक लाख ११ हजार १११ रुपियाँ नगद र ट्रफी प्राप्त गरेको छ भने द्धितीया हुने अदानचुलीले टिमले ५५ हजार ५५५ रुपियाँ प्राप्त गरेको छ  ।

त्यसैगरि प्रतियोगिताका तृतीया हुने जुम्लाको पातारासी गाउँपालिकाले २२ हजार २२२ रुपियाँ नगद प्राप्त गरेको छ ।  प्रतियोगितामा सहभागिता जनाउने टिमलाई दश हजार रुपियाँ प्रवेश शुल्क आयोजकले तोकेको थियो । बिजेता खेलाडी टिमलाई नगद,सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको स्ववियु सभापति संज्यालले जानकारी दिनुभएको छ ।

 

स्ववियुका सभापति जयराज संज्यालको अध्यक्षतामा र हिमज्योती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नेत्रलाल हमालको प्रमुख अतिथी र जिल्ला समन्वय सदस्य सिंह बहादुर शाहीको विशेष अतिथीम खेल सञ्चालन भएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
जिल्ला स्तरीय खुल्ला ब्याटमिन्ट प्रतियोगिता सिमकोटमा शुरू 

जिल्ला स्तरीय खुल्ला ब्याटमिन्ट प्रतियोगिता सिमकोटमा शुरू 

खेलको सम्पुर्ण तयारी कार्य पुरापछि बुधबार उद्घाटन संगै विहानी सिफ्टमा तीनवटा ग्यामलाई खेलाइएको थियो । जसमा डबल खेल भिड्नका लागि १५ वटा टिमले टिम दर्ता गराएका थिए भने...
भर्खरै