नेभिगेशन
समाज
    स्रोतसाधन अभावबीच हुम्लामा गर्भवती महिलाकोे सफल शल्यक्रिया

    स्रोतसाधन अभावबीच हुम्लामा गर्भवती महिलाकोे सफल शल्यक्रिया

हुम्ला ।        दुर्गम हिमाली जिल्ला हुम्लामा पहिलो पटक गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र न्यून स्वास्थ्यकर्मीबीच जिल्ला अस्पताल हुम्लाले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।


स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख तथा एमडीजीपी डा. उमाकान्त तिवारीको नेतृत्वमा सिमकोट–२ ठेहेकी २१ वर्षीया हिरा सुनारको शल्यक्रिया (सिजेरियन) सफलतापूर्वक सम्पन्न गरिएको हो।
अस्पतालकी वरिष्ठ अनमी सरिता बोहोराका अनुसार सुनारले तीन वर्षअघि सुर्खेतमा पहिलो सन्तानका रूपमा छोरी जन्माएकी थिइन्। यसपटक उनले जिल्ला अस्पतालमै सुरक्षित रूपमा दोस्रो सन्तानलाई जन्म दिएकी हुन्।


अहिले आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
डा. तिवारीको नेतृत्वमा नर्सिङ स्टाफ कंचन चौधरी, शर्मिला गिरी, सरिता बोहोरा र पारामेडिक्स प्रेम भण्डारी सम्मिलित टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो।


अस्पताल परिवारले उक्त सफलतामा संलग्न सम्पूर्ण टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै यो उपलब्धि हुम्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सामूहिक मनोबल र समर्पणको परिणाम उच्च पु¥याउन पाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए । 
सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ । कति क्षती भएको भन्ने एकिन...
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ४५ जना...
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना विभिन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालयको पोसाक...
भर्खरै