नेभिगेशन
समाज
    स्रोतसाधन अभावबीच हुम्लामा गर्भवती महिलाकोे सफल शल्यक्रिया

    स्रोतसाधन अभावबीच हुम्लामा गर्भवती महिलाकोे सफल शल्यक्रिया

हुम्ला ।        दुर्गम हिमाली जिल्ला हुम्लामा पहिलो पटक गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
कठिन भौगोलिक अवस्था, सीमित स्रोतसाधन र न्यून स्वास्थ्यकर्मीबीच जिल्ला अस्पताल हुम्लाले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।


स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख तथा एमडीजीपी डा. उमाकान्त तिवारीको नेतृत्वमा सिमकोट–२ ठेहेकी २१ वर्षीया हिरा सुनारको शल्यक्रिया (सिजेरियन) सफलतापूर्वक सम्पन्न गरिएको हो।
अस्पतालकी वरिष्ठ अनमी सरिता बोहोराका अनुसार सुनारले तीन वर्षअघि सुर्खेतमा पहिलो सन्तानका रूपमा छोरी जन्माएकी थिइन्। यसपटक उनले जिल्ला अस्पतालमै सुरक्षित रूपमा दोस्रो सन्तानलाई जन्म दिएकी हुन्।


अहिले आमा र नवजात शिशु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
डा. तिवारीको नेतृत्वमा नर्सिङ स्टाफ कंचन चौधरी, शर्मिला गिरी, सरिता बोहोरा र पारामेडिक्स प्रेम भण्डारी सम्मिलित टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो।


अस्पताल परिवारले उक्त सफलतामा संलग्न सम्पूर्ण टोलीप्रति हार्दिक आभार व्यक्त गर्दै यो उपलब्धि हुम्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सामूहिक मनोबल र समर्पणको परिणाम उच्च पु¥याउन पाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत...
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम

हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । गोष्ठीमा सिमकोट...
भर्खरै