नेभिगेशन
वाल आवाज

कार्यक्रम वाल आवाजको अठारौं अंक (18th Episode of Ball Awaj 2083-05-09)

आजका हामी वालवालिका भोलिका प्रधानमन्त्री, साँसद वा सिंगो रष्ट्रका भविष्य हुन् । यही कुरालाई मात्रै आत्म साथ गर्ने हो भने पनि आजै देखि हामी वालवालिकाको शिक्षा, वृद्धि र विकासमा घर, समाज, स्थानीय तह, प्रदेश, संघ तथा नागरिक क्षेत्रबाट मनग्य लगानी सहितको उपयुक्त वातावरण तयार पार्नुपर्छ । यसै तत्थ्यलाई आधार मानेर हामीले रडियो कार्यक्रम वाल आवाज प्रसारण गरिरहेका छौं । 

कार्यक्रम वाल अवाजको १८औं अंकमा गएको साता हुम्ला जिल्लाभर सञ्चालन भएका वाल अधिकार र वाल सहभागितासँग सम्बन्धित गतिविधि, हामीले आजको अंकमा वालवालिकाको अधिकार रक्षा गर्ने र भविष्य निर्माण गर्ने केन्द्रका रुपमा रहेका विद्यालयको अवस्था, त्यहाँ हुने गतिविधि र भावी योजनाका बारेमा जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर ७ स्थित कैलाश माध्यमिक विद्यालय प्रध्यानध्यापक मान बहादुर शाहीसँग गरिएको वाल संवाद र वालवालिकाहरुका प्रतिभालाई समेट्न शुरु गरिएको वाल स्तम्भ अन्तरगत सिमकोट पालिकाको वडा नम्बर ५ मा रहेको वालमन्दीर माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा रामबहादुर शाहीले पठाउनु भएको  बाल प्रतिभा लगायतका सामाग्री प्रस्तुत गरेका छौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

भर्खरै